काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्ने तयारी पुराभएको छ । नव निर्वाचित सासंद हरुको सपथका लागि सम्पूणर् तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।
शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ ।
प्रतिनिधिसभामा नवनिर्वाचित ज्येष्ठ सदस्य जबराले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथ लिई सक्नु भएको छ । उहालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनुभएको हो ।
शपथ गराए पछि सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ । मातृभाषामा शपथ लिन चाहने सांसदलाई आज बिहान ११ बजेसम्मको समय दिइएको छ ।