राष्ट्रपति भण्डारी द्धारा सिद्धबाबा मन्दिर दर्शन

 

बुटवल,पुस
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ मा रहेको धार्मिक एैतिहासिक पुरातात्तीक हिसावले प्रसिद्ध सिद्धबाबा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी ले पुजा आजा गर्नुभएको छ । राष्ट्रपति भण्डारी ले पूजाआजा तथा दर्शन सम्पन्न गर्नुभएको हो । मन्दिर विकास समिति,तिनाउ गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय,पाल्पाले संयुक्तरुपमा राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।
मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले मन्दिरको गरिमा र महिमाका बारेमा राष्ट्रपतिलाई अवगत गराएका थियो । साथै राष्ट्रपतिले मन्दिर विकास समितिको निम्तो स्वीकार गरि पूजाआजा र दर्शन गर्न पाउँदा आफू खुसी भएको बताउँदै मन्दिर विकास समितिप्रति आफू आभारी रहेको बताउनु भएको थियो ।
दर्शन कार्यक्रममा पाल्पाको तिनाउ गाउँपालिकाका प्रमुख प्रेम श्रेष्ठले मन्दीको विषय सहित विविध विषयमा प्रकाश पार्नुको थियो । साथै मन्दिर विकास समिति र तिनाउ गाउँपालिकाको तर्फबाट राष्ट्रपति ज्यूलाई मायाको चिनो स्वरुप पाल्पाली ढाका तथा करुवा प्रदान गरिएको थियो । राष्ट्रपति भण्डारीले पूजाआजा तथा दर्शन गरेपछि सिद्धबाबा मन्दिरमा समिती र स्थानिय आन्तरीक तथा बाह्य प्रर्यटन वृद्धि गर्न सहयोग पुग्ने भन्दै खुसि ब्यक्त गरेका छन । मन्दिर समितीका अध्यक्ष दलबहादुर गुरुङले राष्ट्रपति भण्डारीको को उपस्थिति यस धार्मिक एैतिहासिक पुरातात्तीक भौगोलिक हिसावले समेत महत्व रहेको प्रसिद्ध सिद्धबाबा मन्दिरमा धार्मिक प्रर्यटन प्रवद्धमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो । सिद्धबावा मन्दिर बुटवल देखि तिनकिलो मिटर दुरीमा रहेको छ । प्रसिद्ध सिद्धबावा मन्दीरमा पुजा गर्न दर्शन गर्न तथा त्यस क्षेत्रको मनोरम दृश्याअवलोकन गर्न स्वदेशि भारतिय र तेस्रो मुलुकका धार्मिक प्रर्यटकको घुईचोलाग्ने गर्दछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.