आश्रितस्मृति प्रतिष्ठान नेपाल को १२ औ बार्षिक साधारण सभासम्पन्न

 

पुष २१
बुटवल । जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपाल को १२ औ बार्षिक साधारण सभासम्पन्न भएको छ । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जिवराज आश्रितको जिवनशैली र कृतित्वको रक्षा गर्ने उद्देश्यले २०६६ सालमा जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपालको स्थापना भएको थियो । साधारण सभाले महासचिव कल्पना थापाले प्रस्तुत गरेकोसंस्थाको प्रगति प्रतिवेदन प्रथम उपाध्यक्ष युवराज घिमिरे द्धार प्रस्तुत विधान संसोधन प्रस्ताव कोषध्यक्ष ओमप्रकाश अर्याल द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन तथालेखा संयोजक रामप्रसाद रामप्रसाद पाण्डेद्धारा प्रस्तुत लेखासमितिको प्रतिबेदन छलफल गरी पारित गरेको छ

जिवराज आश्रितको ब्यक्तित्व र कृतित्व को रक्षा गर्दै आम नेपाली नागरिकसंग पुर्याउने संकल्प लाई अझै मिहनेतका ब्यवस्थित रुपमा अगाडि बढाउने आगामी आर्थिक बर्षभित्र जीवराज आश्रित स्मृति प्रतिष्ठानले कल्पना गरेको प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यलाई अगाडि बढाउने पनि निणर्य पनि सधारण सभाले गरेको छ । साधारण सभाले प्रतिष्ठानद्धारा निर्मित “जिउँदा जीवराज” वृत्तचित्रको प्रचार प्रसार गरी सवै नपालिमा पुराउन प्रगतिशिल बिचाराधाराका विभिन्न संगठन तथा सामाजिक संघसंस्थाहरुसँग सहकार्य गरी च्यारिटी सो गर्ने निणर्य पनि गरेको छ ।
संस्थाका अध्यक्ष चरण तिमिल्सेनाको अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक देवेन्द्र घिमिरेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्ने बक्ता हरुले वामपन्थी राजनितिक दलहरुले आफ्नो आप्नो धरातल भुल्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन । उनिहरुले समाज परिवर्तनका लागि सघर्ष गरेका नेताहरु इमान्दारीपुर्वक काम नगरेको पनि उनिहरुको आरोप छ । कार्यक्रममा बोल्दै संस्थाका संरक्षक देवेन्द्र घिमिरेले समाज भित्रका परिवर्तन लागि के गर्नु पर्छ भन्ने कुरा स्वर्गिय जिवराज आश्रितबाट सवैले शिक्षा लिनुपर्ने बताउनु भयो । उहाले जिवनशैली उहाले ले जनताकानिम्ती गरेका योगदानको कदर गर्न पनि उहाले आग्रह गर्नुभयो । कार्यक्रममा एमाले नेता सिवराज सुवेदि,नन्दीकिसोर ढकाल मेघराज न्यौपाने, युवराज घिमिरे ,भुमिलाल साप्कोटा जानकि न्यौपाने रामप्रसाद भट्टराइ लगाएतले बोल्दै जिवराज आश्रितका सपना पुरागर्न सवै लाग्नु पर्ने बताउन भएको थियो कार्यक्रममा संस्थाका अध्यक्ष अध्यक्ष चरण तिमिल्सेनाले प्रतिष्ठानले कल्पना गरेको प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यलाई अगाडि बढाउने काम थालि सकेको र त्यसलाई पुणर्ता दिन सवैको साथ सहयोग चाहिएको पनि बताउनु भयो ।
उहाले जिवराज आश्रितको ब्यक्तित्व र कृतित्व को रक्षा गर्दै आम नेपाली नागरिकसंग पुर्याउन अधिकतम् प्रयासगर्ने बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.