बुटवलको बेलबासमा एकजनाको हत्या

 

बुटवल, पुष २३/बुटवलको बेलबासमा शुक्रबार साँझ  एकजनाको हत्या भएको छ ।
स्थानीय केहि युवाहरुको समुहको आक्रमणबाट स्थानीय ५५ वर्षिय यमप्रसाद नेपालको हत्या भएको प्रहरीले जनाएको छ । आक्रमणबाट उहाका दुई छोराहरु दिवस नेपाल र दिपेश नेपाल घाईते भएका छन् ।
प्रहरीका अनुसार गयराति यमप्रसादको घरमा गएका ५/७ जनाको समुहले आक्रमण गरि गम्भिर घाईते भएका उहाको बेलबासस्थित एडमण्डसिटी अस्पतालमा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक दानबहादुर थापाले शुक्रवार छलफल गर्ने भन्दै घरमा पुगेको ५/७ जनाको समुह एक्कासी कुटपिटमा उत्रिएपछि घटना घटेको बताउनुभयो । उक्त्त समुहको आक्रमणबाट बेहोस बनेका यमप्रसादलाई तत्काल अस्पताल पुर्‍याएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।
प्रहरी नायब उपरिक्षक थापाले कुटपिटमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको र संलग्न अरुको खोजि भईरहेको जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.