शान्ति सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन मुख्यमन्त्री गिरीको निर्देशन

 

बुटवल, माघ ९ । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले रूपन्देहीका सुरक्षाका अधिकारीहरुसँग छलफल गर्नुभएको छ । सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिनुभयो ।
मुख्यमन्त्री संगको छलफलमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, रुपन्देही प्रहरी प्रमुख (एसपी) रवीन्द्र रेग्मी, सशस्त्रका प्रहरीका प्रमुख गगन श्रेष्ठ र अनुसन्धान कार्यालयका प्रमुख सँग मुख्यमन्त्री निवास बुटवलमा छलफल गर्नुभएको थियो ।


मुख्यमन्त्री गिरीले बजारमा अराजकता हुन नदिन, उपभोक्ता हीतमा केन्द्रित रहन, सामाजिक सद्भाव कायम राख्न, गौरवका आयोजनाका काममा सुरक्षा प्रबन्ध मिलाउन, जनतामा शान्ति सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न निर्देशन दिनुभयो । सो अवसरमा प्रजिअ पाण्डेले जिल्लामा रहेका सरकारी भवनको व्यवस्थापन र स्थानान्तरणका लागि मुख्यमन्त्रीबाट निर्देशनात्मक आदेशको आग्रह गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.