रुपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाले बौद्धिक अपांगता भएकाहरुलाई शैक्षिक सामग्री प्रदान

 

बुटवल, ९ माघ । रुपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाले सैनामैनामा रहेका बौद्धिक अपांगता भएकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सैनामैनामा रहेको बौद्धिक अपांगता सेवा केन्द्र सैनामैनामा आश्रित २३ जना बौद्धिक अपांगता भएका विद्यार्थी बालबालिकालाई सञ्जालले शैक्षिक सामग्री प्रदान गरेको हो ।

सञ्जालले त्यहाका बौद्धिक अपांगता भएकाहरुलाई न्यानो कपडा, स्कुले पोषाक, जुत्ता, कलम कपी, स्कुले झोला लगायतका सामग्री प्रदान गरेको हो । सामग्री हस्तान्तरण गर्दै सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले आश्रममा आश्रित बालबालिकालाई केही भएपनि राहत र प्रोत्साहन मिलोस भनेर सहयोग गरिएको जानकारी दिनुभयो । अष्ट्रेलियामा रहेका नेपाली, विद्यार्थी, युवा तथा ब्यवसायीबाट संकलन गरिएको रकमबाट रुपन्देहीका विभिन्न स्थानमा सामाजिक कार्य गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो । बौद्धिक अपांगता सेवा केन्द्रका अध्यक्ष शिवलाल पौडेलले सामग्री ग्रहण गर्दै सेवारुपी भावनाले गरिएको सहयोगले केन्द्रमा आश्रित बालबालिकालाई प्रोत्साहन मिलेको बताउनुभयो । उहाँले निरन्तर सहयोगको अपेक्षा समेत गर्नुभयो । कार्यक्रममा सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माले सञ्जाल सामाजिक उत्तरदायित्व बहन गर्ने खालका कार्यक्रम गरेर उदाहरणीय कार्य गरेको उल्लेख गर्नुभयो । उहाँले सञ्जालसँगको सहकार्यमा सामाजिक विकासका काम गर्न इच्छुक रहेको बताउनुभयो । केन्द्रका संचालक सदस्य नरेन्द्र पोखरेलको स्वागतमा भएको कार्यक्रममा रेडक्रम सोसाईटीका कृष्णप्रसाद पंगेनी, सञ्जालका सल्लाहकार कमल भण्डारी, शुसिला पन्थी, इश्वरी भण्डारी लगायतले सामाजिक सेवारुपी भावनालाई सम्मान गर्न सञ्जालले उदाहरणीय कार्य गरेको भन्दै सहयोग र सहकार्यमा निरन्तरताको कामना गर्नुभयो । कार्यक्रमको संचालन केन्द्रका उपाध्यक्ष महेश अधिकारीले गर्नु भएको थियो । रुपन्देहि स्थायि घर भई हाल अपट्रेलियामा रहेका नेपालीहरुको साझा संस्था रुपन्देहि सामाजिक सञ्जालले यसअघि असहाय अपांग तथा गरिव तथा विपन्नलाई सहयोग गर्दै आइरहेको छ कोरोना महामारी , विनासकारी भुकम्प पीडितलाइ सहयोग, अपांग आश्रममा शैचालय निर्माण, मैनादेवी आश्रममा आर्थिक सहयोग ,अस्पताल एवं स्वास्थ्य चौकिमा स्वास्थ्य सामाग्रि प्रदान ,खाने पनि टंकि निर्माण , ट्राफिक सचेतना कार्यक्रम लगायतका कामहरु नेपाल लगायत गृह जिल्लामा थुप्रै राहत तथा परोपकारी कार्य गरेको थियो ।

 

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.