गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई निशुल्क पोशाक तथा शैक्षिक सामग्री वितरण

 

केशव भण्डारी
बुटवल । सैनामैना नगरपालिकामा गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई निशुल्क पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
सैनामैना नगरपालिका वडा नं. १ ले आफ्नो वडामा रहेका सरकारी स्कुलमा अध्यनरत गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लाई पोशाक तथा शैक्षिक सामाग्री निशुल्क रुपमा वितरण गरेको हो । वडा कार्यालयले गरीव तथा जेहेन्दार विद्यार्थीहरुको अध्यनमा थोरै भए पनि रहात मिलोस भनेर पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको जनाएको छ।

 

कार्यक्रममा बोल्दै वक्ता हरुले विद्यार्थीहरुलाई वितरण गरीएको शैक्षिक सामाग्रीले अध्यनमा टेवा पुग्नुका साथै प्रोत्साहन मिल्ने बताएका छन । कार्यक्रममा सैनामैना एकका वडा अध्यक्ष भुवन बहादुर क्षेत्रीले थोरै भए पनि आफुहरुले विद्यार्थीका लागि हौसला मिलोस र अध्ययनमा सहजता होस भनेर पोशाक तथा शैक्षिक समाग्री वितरण गरेको बताउनुभयो । बडाबाटै बजेट छुट्टाएर पोशाक वितरण गर्दा सकरात्मक सन्देश जाने भएकाले कार्यालय परिसरमा कार्यक्रम गरिएको उहाले बताउनु भयो ।
आगामी दिनमा बजेट बढाएर अझै बढी शैक्षिक समाग्री वितरण गर्ने प्रतिबद्धता पनि अध्यक्ष क्षेत्रीले जनाउनुभयो । कार्यक्रमा वडा सदस्य पेमलाल भुसालले विद्यार्थीको आफुहरुको सहयोगले शैक्षिक गतिविधिमा र विद्यार्थीलाई थपटेवा पुग्ने बताउनु भयो ।


सैनामैना एकका वडा सचिव कमलप्रसाद पोख्रेलले वडाकै बजेट सिलिङबाट दुर्गा भवानीका बालबालिकालाई पनि सहयोग गरिरहेको बताउनुभयो।
स्थानीय तहले प्रत्यक्ष सहयोग गरेर सन्देश दिन खोजेको उहाँले बताउनुभयो ।
उहाले भोलिका कणर्धार विधार्थिलाई शैक्षिक सामग्री र पोशाक अभावमा बालबालिकाको पढाइ प्रभावित हुन नहुने उहाँको भनाइ छ।
दुर्गा भवानी मावि सैनामैनाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि भुसालले वडा कार्यालयले विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री तथा पोशाकले धेरै सहयोग पुग्ने बताउनुभयो ।
यसले दिन सन्देश ठुलो भएको भन्दै उहाँले अन्य संघ सस्था र ब्यक्तिहरुले पनि फजुल खर्च कम गरेर गरीव तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक समाग्रीमा सहयोग गर्नुपर्ने बताउनु भयो ।
शैक्षिक सामाग्री पाएपछि विद्यार्थी पनि खुसी भएका छन् । शैक्षिक सामाग्रीका अभावमा अध्यनमा कठिनाई हुने गरेको भन्दै उनीहरुले सामाग्रीले अध्यनमा सहयोग पुगेको बताएका छन ।
जिल्ला समन्वय समितिका सदस्य मन्जु परियारको प्रमुख आथित्थ्यतामा भएको कार्यक्रमामा टोल विकास संस्था अध्यक्ष तमबहादुर विक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमा जनप्रतिनिधि ,बडामा रहेका १५ बटै टोलविकास संस्थाका अध्यक्षहरू पनि सहभागी भएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.