सञ्जाल द्धारा सिडनीमा उत्प्रेरणा मुलक सत्संग एवं भक्ति संगित कार्यक्रम सम्पन्न

 


सकारात्मक सोच बाट मनलाई खुशी राख्ने उपाए, जीवन जिउने कला तथा उत्प्रेरणामूलक ज्ञान सिप प्राप्त गरी
ईश्वरीय साक्षरता कसरी पूाप्त गर्न सकिन्छ् भन्ने सन्देश मुलक उद्धेश्यले आज एक कार्यक्रम न्यू साउथ
वेल्स सिडनीको रकडेल स्थित झरना फुडसल सेन्टरमा सत्संग एवं भक्ति संगित साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया(RSNA) को आयोजनामा भएको सो कार्यक्रममा पण्डित प्रकाश ढोगरीको स्वस्ती वाचन बाट शुरु गरिएको सो कार्यक्रममा सञ्जालका अध्यक्ष श्री मुक्तिराम पोखरेलको अध्यक्षतामा उपाध्यक्ष दिवाकर काफ्लेको स्वागत मन्तव्य एवं महासचिव रंजिता भण्डारीको सञ्चालन भएको थियो ।


सो कार्यक्रमा प्रमुख अतिथी श्री व्यास चन्द्र भुवन गुरुज्यूले कर्मभुमिमा बसेर पनि जीवनलाई सुख शान्ति इश्वरीयता कसरी प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह साथ सारगर्भिक भक्ति संगित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रका विशिष्ट अतिथी न्यू साउथ वेल्स अष्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदुत दिपक कुमार खड्काले आफ्नो धारणा राख्दै यस्ता कार्यक्रहरुले नैतिक शिक्षा तथा ज्ञानज्ञुनका कुरा प्राप्ती भई जीवन जगतलाई बुझि हाम्रो सनातन धर्म, संस्कार संरक्षणमा टेवा पुग्ने हुंदा सो कार्यक्रको र्सहना गर्नु भएको थियो । सो कार्यक्रममा सञ्चालक संरक्षकहरु राज खनाल कृष्ण गैरे, ईश्वर पोखरेलज्यूहरुले समाजमा योगदायन पुर्‍याउनु हुने व्यक्तित्वहरु NRNA USA का पूर्व कोषाध्यक्ष एवं अनेसासको Trustee नेत्रवन्धु पोखरेल, NSW का अवैतनिक महावाणिज्यदुत दिपक कुमार खड्का, पण्डित प्रकाश ढोगरी, सनातन समाज अष्ट्रेलियाका् संरक्षक एवं फोकाका अध्यक्ष डा. कृष्ण हमाल साहित्यिक प्रवक्ता विदुर सापकोटा, महिला सामाजिक अभियन्ता जानकी पौडेल, ज्याङ्गजी खरेल, पत्रकार नविन गौतमज्यूहरुलाई खादा ओढाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा नेपाल अभिभावक संघ कोग्रा, रकडेलका अभिभावक समुदायका अगुवा लिडर संस्थाका सल्लाहकार पदाधिकारी सदस्य एवं भक्तजनतथा पत्रकारको विशेष उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा कृष्ण सुवेदीले विशेष सहयोग गर्नु भएको थियो।
सो कार्यक्रमलाईनमस्ते ज्वेलर्स रकडेलका कृष्ण सुनार र वन वल्र्ड एजुकेशन एण्ड माईग्रेशनका ज्याङ्गजी खरेलले संजाल संग सहकार्य गरी विशेष सहयोग पुर्‍याउनु भएको थियो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.