अन्तर मावि ‘दिप गायन तारा’ को १० औं संस्करण तयारी पूरा

बुटवल । रुपन्देहीको बुटवल-८ सुख्खानगरमा मा रहेको दीप बोर्डिङ माविले विगत १२ वर्षदेखि गर्दै आएको अन्तर मावि ‘दिप गायन तारा’ को १० औं संस्करण विहिबारदेखि हुने भएको छ । यहि फागुन ४ र ५ गते दुई दिने हुने प्रतियोगिताका लागि सम्पूणर् तयारी पूरा भएको विद्यालयले जनाएको छ ।


रुपन्देहीको सामुदायिक तथा संस्थागत गरी ५० बढी विद्यालयका विद्यार्थी सहभागी हुने प्रतियोगिताको विजेताले ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने दिपबोर्डिङ माविका कार्यक्रम संयोजक तथा दिपबोर्डिङ माविका शिक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । यसैगरी द्वितीय हुनेले २० हजार नगद राशी तथा तृतीय हुनेले १० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । सान्त्वमा हुने २ जनालाई नगद २/२ हजारले सम्मान गरिने संयोजक पाण्डेले जानाकारी दिनुभयो ।


प्रतियोगिता बारे जानकारी गराउन विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राचार्य टिकराम न्यौपानेले विद्यार्थीको सर्वाङ्विण बिकासका लागि पाठ्यपुस्तकभन्दा माथि उठेर यस्ता गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । दिप गायन तारा अन्तरगत विगतका वर्षहरुमा कक्षा १० सम्मका विद्यार्थीलाई मात्र सहभागी गराइएकोमा यो वर्षदेखि कक्षा १२ सम्मकै विद्यार्थी सहभागी हुन पाउने उनले बताए । नेपाल सरकारले कक्षा १२ सम्मलाई नै विद्यालय स्तरको मान्यता दिएपछि सोही अनुसार गरिएको उहाले बताउनु भयो ।
यसैगरी विद्यालयको शैक्षिक गतिविधि बारे जानकारी गराउँदै उनले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्रै केन्द्रीत नगरी यो वर्षदेखि कक्षा ४ का विद्यार्थीलाई ड्रोइङ, कक्षा ५ मा नृत्य र कक्षा ६ का विद्यार्थीलाई ‘कारखाना’ भनेर विद्युत जडान लगाएतका प्राविधिक कक्षा सञ्चालन गरिने बताउनुभयो । यस्तै कक्षा ७ का विद्यार्थीलाई बोल्न सक्ने क्षमताको बिकास गर्नका लागि वक्तृत्वकला लगायतका गतिविधि सञ्चालन गरीएको उहाले जानाकारी दिनुभयो । कक्षा ८ जिल्ला स्तरमा कक्षा सञ्चालन हुने हुँदा त्यसको तयारी लागि पाठ्यपुस्तककै अध्ययनमा जोड दिइएको प्राचार्य न्यौपानेको भनाई छ । कक्षा ९ का विद्यार्थीलाई हार्मोनियम लगायतका बाध्यबाधनसहित संगीत शिक्षा प्रदान गरिने उल्लेख गर्दै उहाले
अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकतामा राख्दै आएका कारण विगत १२ वर्षदेखि निरन्तर दिप गायन तारा सञ्चालन सकिएको उहाको भनाइ छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको यो प्रतियोगिता अहिलेको वर्ष हुन लागेको छ । प्रतियोगिता सम्पन्न गर्न ६ लाख बढी खर्च अनुमान गरिएको प्राचार्य न्यौपानेले बताउनुभयो ।
फागुन ४ गते विहानदेखि गायन प्रतियोगिताका लागि छनोट प्रतियोगिता हुने छ भने उक्त चरणमा १५ जनालाई छनोट गरिने छ । यसैगरी छनोट भएका १५ जना मध्येबाट १० जनालाई मात्र अघिल्लो चरणमा लगिने आयोजकले जनाएको छ । यस्तै दोस्रो चरण प्रवेश गरेका प्रतियोगिहरुले फागुन ५ गते एउटा राष्ट्रिय गान तथा एउटा आफूले चाहेको गीतमा प्रस्तुती दिएपछि त्यसैको आधारमा विजेता घोषणा गरिने कार्यक्रम संयोजक पुरुषेत्तम पाण्डेयले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.