झुटो आरोपमा भ्रम फैलाउन खोजियो– इलेक्टेड गभर्नर ध्वजु

 

काठमाडौं। रोटरी इन्टरनेशनल नेपाल भुटानका सन् २०२३/२४ का डिस्ट्रिक गभर्नर राजेन्द्रप्रसाद ध्वजुले आफ्नाविरुद्द कतिपय सञ्चार माध्यमले झुटो आरोप लगाएर भ्रम फैलाउन खोजेको बताउनुभएको छ । तत्कालिन बुटवल फाइनान्समा आफू एकजना सञ्चालकको रुपमा मात्रै रहेको तर निर्णय प्रकृयामा सहभागिता नभएको प्रष्ट हुँदाहुँदै पनि बैंकिङ कसुरको विषय उठाएर आफूलाई बदनाम गराउन खोजिएको उहाँले स्पष्ट पार्नुभयो । नेपाल राष्ट्र बैंकले आफ्नो प्रकृयागत काम गरिसकेको र नियतवश रुपमा मेरो कुनै संलग्नता पनि नभएको भन्दै उहाँले एकपक्षीय रुपमा गलत सूचनाका आधारमा समाचार प्रकाशन प्रशारण गर्दा आफूलाई दुख लागेको बताउनुभयो । अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लबको नेपालको गभर्नर जस्तो गरिमामय पदका लागि मैले जीवनभर रोटरीमा काम गरेर र सबैको सहयोगले जिम्मेवारी पाएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ– मोफसलमा रहेर समाजसेवा गर्दै जाँदा जसरी सबैको सहयोग र सदभावले मैले रोटरी क्लवमा काम गरेको छु त्यसमा मलाई गौरव छ । आगामी दिनमा रोटरी क्लव र सबै सदस्यको गरिमा बढाउन मैले भविश्यमा पनि सक्दो योगदान दिनेछु । व्यक्तिगत र सामाजिक जीवनमै आँच आउने गरी गलत समाचार प्रकाशित गर्नु पत्रकारिताको मर्म र भावना विपरित हुने भन्दै उहाँले आफू विरुद्धका गलत समाचारको भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.