प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को सम्पूणर् तयारी पुरा

 

बुटवल,फल्गुन ५ ।
पाँचौ संस्करणको राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता रुपन्देहीमा हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन ६ देखि १० गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को सम्पूणर् तयारी पुरा भएको पत्रकार सम्मेलन गरी संघका अध्यक्ष गोपाल ज्ञवालीले बताउनुभयो ।


‘लन टेनिस खेलको कुम्भमेलाका रुपमा देशभरका खेलाडीहरुबीच राष्ट्रिय प्रतियोगिता गर्दै आएको भन्दै उहाले रुपन्देहीमा लन टेनिस खेल र खेलाडीहरुको क्षमता विकास, नियमित अभ्यास र खेल पूर्वाधार विकासमा रुपन्देही लन टेनिस संघ निरन्तर लागेकाबताउनुभयो । पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा देशभरका १ सय बढी खेलाडीहरु विभिन्न उमेर समूहमा भाग लिने खेल संयोजक तथा निवर्तमान अध्यक्ष संजयप्रकाश श्रेष्ठले जानाकारी दिनुभयो । पुरुष एकल खुला, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि, ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेटान्स ३५ माथि युगल, पुरुष भेट्रान्स ४५ माथि, पुरुष भेट्रान्स ५५ माथि र ६५ माथि गरी कुल १२ इभेन्टमा संचालन हुने उनले बताए । १२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ५ लाख २२ हजार ५ सय रुपैयाँ तथा कुल १८ लाख ७२ हजार ५ सय रुपैया खर्च हुने अनुमान छ ।
वि.सं २०६८ सालदेखि रुपन्देहीमा खेलाडीहरुलाई संगठित गर्दै छोटो समयमा केन्द्रमा आवद्धता भएर वार्षिक कार्ययोजना बनाई जिल्लामा उमेर समूहका खेलाडी उत्पादन, खेलकुद गतिविधि, पुर्वाधार विकास र विभिन्न तालिमहरुमा जोड दिदै आएको छ । हाल देविनगरमा ४ वटा ब्यवस्थित कोर्ट रहेको संघका अध्यक्ष गोपाल ज्ञवालीले जानाकारी दिनुभयो ।
प्रतियोगिताको पुरुष/महिला सिगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा तृतीय दुई जना खेलाडीलाई जनही २० हजार रुपैयाँ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार रुपैयाँ, ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।
यसैगरी ६५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी डबल्सतर्फ पुरुष डबल्स/महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी भेट्रान्स डबल्सतर्फ ३५/४५/५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.