महाशिवरात्रीको अवसरमा शिवमन्दिर हरुमा भक्त्तजनको बिहानै देखि घुईचो

 

 

फाल्गुन ६
आज महाशिवरात्री महाशिवरात्रीको अवसरमा रुपन्देहिका शिवमन्दिर हरुमा भक्त्तजनको बिहानै देखि घुईचो लागेको छ । रुपन्देहिको तिलोत्तमा ४ डिङ्खर नगरको श्रृङ्गेश्वर धाममा रहेको पशुपति नाथको शिवमन्दिरमा बिहानै देखि भक्तजन हरुको घुईचो लागेको छ ।

 

नेपालकै दोस्रो पशुपतिका रुपमा परिचित बनाउदै गएको श्रृङ्गेश्वर धाममा रहेको पशुपति नाथको शिवमन्दिरमा राति ३ बजे देखिनै भक्त्तजनको भिड लागेको धामका अध्यक्ष ऋषि भण्डारीले जानाकारी दिनुभयो । यसैगरी पाल्पा बुटवल सडक खण्डमा रहेको सिद्धबाबा मन्दिरमा पनि भक्त्तजनका घुईचो बढेको छ । तेस्तै पर्रोहा परमेश्वर बोलबमधाम मुक्त्तीनाथधाम लगाएत रुपन्देहिमा रहेका शिव शिवमन्दिर हरुमा बिहानै देखि भक्त्तजनको घुईचो लागेको छ ।

महा शिवरात्रीलाई भव्यताका साथ मनाउन मन्दिर ब्यवस्थापन समितीहरुले आआप्ना मन्दिरमा झकिझकाउ परेका छन ।
महाशिवरात्रीको अवसरमा  शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना समेत गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.