रुपन्देहीमा प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा ३५ प्लस उमेर समुहतर्फ निरज थापाले विजयी शुरुवात गरेका छन् । थापाले बुटवलका अनिल सेन्चुरीलाई ६-१, ६-१ को सोझो सेटमा पराजित गरेका हुन । सोही उमेर समुहमा सन्तोष खत्रीले नवीन श्रेष्ठलाई ६-२, ६-१ कै सोझो सेटमा पराजित गरेका छन् ।
कार्यक्रमको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले शुभारम्भ गर्दै खेलबाट पर्यटन र आर्थिक पाटो जोडिएको बताउनुभयो । खेल विकास हुन सके समग्र देशकै अवस्था फेरिने उहाले दाबी गर्नुभयो । खेलकुद पुर्वाधारमा स्थानीय पालिका सहयोग गर्न तयार रहेको बताउदै उहाले खेलकुदको लागि पौने ३ करोड रुपैया बजेट बिनियोजन गरेको बताउनु भयो । आधुनिक र नयाँ खेलहरुका साथै यहाँका परम्परागत खेलहरुको संरक्षणमा समेत पालिका योजनावद्ध रुपमा लागेको उहाको भनाइ छ । खेलमा आवद्ध खेलाडीहरुलाई ब्यावसायिक बनाउने तर्फ जोड दिनेतर्फ सरोकारवालाहरु लाग्न सुझाव दिदै उहाले विभागिय टिमजस्तै ब्यवसायिक संघसंस्थाहरुबाट खेलाडीलाई रोजगारसंग जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल लनटेनिस संघका उपाध्यक्ष विनोद कायस्थले शहरको समृद्धिलाई मापन गर्ने आधार टेनिस कोर्ट भएको बताउनुभयो । नेपालमा काठमाडौ, पोखरापछि बुटवल लनटेनिस विकासमा अघि बढेको भन्दै यसमा सबैको साथ जरुरी रहेको उहाको भनाइ रहेको छ । पुर्वाधार विकास गरी थप २ कोर्ट निर्माण गर्न सके अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सकिने र यसबाट यहाको पर्यटनमा टेवा मिल्ने दाबी गर्नुभयो । खेल पर्यटनसंगै जोडिएर आउने भन्दै उहाले खेलाडी, अफिसियनहरु भित्रदा पर्यटन प्रवद्र्धन हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल टेनिस संघका निवर्तमान केन्द्रीय अध्यक्ष मनोज सम्शेर राणा, जनप्रतिनिधि हरि प्रसाद श्रेष्ठ, कास्की लनटेनिस संघका अध्यक्ष लोक गुरुङ, संघका उपाध्यक्ष डा. मनोज ढुगाना, सचिव सब्बर मियाले अनुशासित र ब्यावसायिक खेलका रुपमा लनटेनिसलाई लिईने भन्दै अन्तर्राष्ट्रिय मंचमा धेरै खेलाडीहरु नेपालबाट पछिल्लो समय उत्पादन भएको बताउनुभयो ।
यसैबीच कास्की लनटेनिस संघका सल्लाहकार समिर शेरचनले रुपन्देहीको लनटेनिस विकासका लागि भन्दै १ लाख रुपैया सहयोग प्रदान गनुृभएको छ । रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले काठमाडौ केन्द्रित रहेको खेललाई छोटो समयमा स्थापित गराउँदै उमेर समुहका खेलाडी उत्पादन गर्न सफल भएको बताउनुभयो । खेललाई पर्यटनसंग जोडेर अगाडी लग्न सके यसबाट देशको आर्थिक समृद्धि हुने उहाले बताउनुभयो ।
खेल संयोजक तथा निवर्तमान अध्यक्ष संजय प्रकाश श्रेष्ठले पुरुष एकल खुला, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि, ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेटान्स ३५ माथि युगल, पुरुष भेटान्स ४५ माथि, पुरुष भेटान्स ५५ माथि, ६५ माथि गरी कुल १२ इभेन्टमा संचालन हुने छ । प्रतियोगिताको पुरुष/महिला सिगल तर्फ उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, तथा तृतीय दुई जना खेलाडीलाई जनही २० हजार रुपैयाँ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार रुपैया, ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश २५ हजार, १५ हजार र १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता र तृतियलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र यसैगरि ६५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरी डबल्सतर्फ पुरुष डबल्स/महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरी भेटान्स डबल्सतर्फ ३५/४५/५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ ।