स्वदेशी कच्चा पदार्थमा आधारित उद्योबाट मनग्य आम्दानी गर्न सकिने,पुष्प सहकारीले आप्ना सदस्यहरुलाई दियो उद्यमशीलता विकास तालिम

 

बुटवल। साना तथा घरेलु उद्योगबाटै व्यक्ति, परिवार , समुदाय हुँदै राष्ट्रको आर्थिक अवस्थामा उलेख्य प्रगति गर्न सकिने सरोकारवालाहरूले बताएका छन्।
बुटवल- ७ दिपनगरमा रहेको पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको स्वनेतृत्व तथा उद्यमशीलता विकास तालिमको उद्घाटन कार्यक्रममा वक्त्ताहरुले घरेलु र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योबाट मनग्य आम्दानी समेत गर्न सकिने बताए ।


कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका उद्यमविकास सहजकर्ता अनन्त पन्थीले ज्ञान र सुचनाको अभावमा सहजै गर्न सकिने साना , मझौला उद्योगहरु फस्टाउन नसकेको बताउनुभयो। उहांले थोरै लगानीमा सहकारी, समुह तथा एकल पारिवारिक रुपमा गर्न सकिने साना मझौला उद्योग गर्न चाहनेहरुकालागि घरेलु तथा साना उद्योग कार्यालयले हरेक खालको सहयोग गर्न सक्ने बताउनुभयो । उहांले सहकारीहरुले प्रदान गर्ने तालिमबाट गाँउघरमा लघु घरेलु मझौला उद्योग स्थापना भै राष्ट्रको अर्थतन्त्र उकास्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक अनन्तराज सिलवालले हरेक ब्यक्तिलाई आत्मनिर्भर बनाउन स्वनेतृत्व बिकासमा ध्यान दिनुपर्ने बताउनु भयो । आफुमा भएको क्षमताको आफैले पहिचान गर्न नसकेका कारण धेरै उद्योगीहरु सफल हुन नसकेको भन्दै उहाँले पुष्प बहुद्देश्यीय सहकारीले आफ्ना शेयर सदस्यहरुको क्षमता,सिप विकास ध्यान दिनु अन्य सहकारीहरुकालागि पनि उदारणीय काम भएको बताउनुभयो ।


पुर्व सभासद् देवेन्द्र घिमिरेले आत्मनिर्भर हुन तालिमबाट सहयोग ‍पुग्ने बताउनुभयो।
संस्थाका अध्यक्ष रामप्रसाद पाण्डेले आफ्ना सेयर सदस्यहरुलाई आर्थिक उपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको बताउनुभयो । तालिमबाट सदस्यहरुले आर्थिक तथा नेतृत्वदायी भुमिका बढ्ने अपेक्षा गरीएको सहकारीका उपाध्यक्ष युवराज अमगाईले बताउनुभयो ।
सहकारीकी सचिव कल्पना थापाले विगतमा संचालन गरेका तालिमबाट केही सदस्यहरु उद्यमी , प्रशिक्षक र स्वरोजगार बनेको बताउनुभयो ।
कार्यक्रमा २०० बढी सेयर सदस्यहरुको सहभागिता रहेको ब्यबस्थापक सरस्वती न्यौपानेले जानाकारी दिनुभयो । तालिमले आफुहरुलाई काम गर्न प्रेरणा मिलेको भन्दै सहभागीहरु पनि खुसी भएका छन ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.