फाइभ ए साईड फुटबलमा एमएफसीसहित १३ टिम विजयी

 

बुटवल, १९ फागुन
प्रथम दोभान फाइभ ए साईड फुटबल प्रतियोगिता २०७९ मा बुटवलको मर्निङ फुटबल क्लब (एमएफसी) विजयी भएको छ । दोभान फुटबल क्लबको आयोजनामा तिनाउ गाउपालिका वडा नं. २ स्थित दोभान फुटबल ग्राउण्डमा भएको पहिलो दिनको खेलमा एमएफसीले रोयल जिम एण्ड फिटनेश क्लबलाई ट्राईबेकरमा पराजित गर्दै अन्तिम १४ मा स्थान बनाएको हो । शुक्रबार भएको पहिलो दिनको खेलमा समुह ‘बि’ बाट दोभान फुटबल (ए), बुटवल एफसी विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि समुह ‘ए’ मा गणेश सास्कृतिक क्लब (ए), लुम्बिनी तिलोत्तमा (बि), गुड मर्निङ एफसी, एस वाईसी विजयी भएका छन । यसैगरि समुह ‘सि’ बाट तिलोत्तमा युवा क्लब (सी), न्यु युथ युनियन एफसी, विष्णुपुर एफसी र ओसिस एफसी बाई पाएर दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि समुह ‘डि’ मा दोभान एफसी (बि), धमकडा ब्रदर्श एफसी, लुम्बिनी तिलोत्तमा क्लब (ए), चपरहट्टी एफसी विजयी भएको अध्यक्ष सन्दिप शेरचनले बताए । प्रतियोगिताको विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद १२ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट विधातर्फ पनि विजेता खेलाडीहरुलाई पुरस्कृत गरिने संयोजक सुनिल श्रेष्ठले बताए । प्रतियोगितामा रुपन्देही, पाल्पाका २८ टिमले प्रतियोगिता उनले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.