नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले जनतालाई सेवा दिंदा राम्रो ब्यबहार गर्न र इमान्दार भएर काम गर्न कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
नेपाल विद्धुत प्राधिकरण कर्मचारी युनियन लुम्विनी प्रदेशको ११ अधिबेशनलाई सम्वोधन गर्दै
पूर्वकृषिमन्त्री समेत रहनु भएका विश्वकर्माले जनताका आधारभूत आवश्यकता पुरा गर्नु राष्ट्रसेवक कर्मचारीेको कर्तव्य भएको बताउनुभयो । जनताको धारणा सकरात्मक बन्ने गरी काम गर्न पनि उहाले आग्रह गर्नुभयो ।
सचिव विश्वकर्माले ब्यवस्था बदले पनि अवस्था बदल्न नसकिएको स्वीकार गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्धुत प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय संयोजक रामकुमार थेवेले नेकपा एमालेको नेतृत्व छँदा देश र कर्मचारीको हितमा काम भएको बताउनुभयो ।
निजामति कर्मचारी संगठन निवर्तमान अध्यक्ष केदार देवकोटाले पेशागत महासंघका आफ्ना अधिकार जनताको हितका काम नेकपा एमालेको सरकारले मात्रै पुरागर्न सक्ने बताउनुभयो । कार्यक्रममा नेपाल विद्धुत प्राधिकरण लुम्विनि प्रदेश कार्यलयका प्रमुख निर्देशक नवराज ओझाले विद्धुत प्राधिकरणका कर्मचारीले गर्ने काम अलि विशिष्ठ र जोखिमपूर्ण हुने भएकाले सजक र सुरक्षका विधिहरु पालना गरेर काम गर्न पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाल विधुत प्राधिकरण कर्मचारी युनियन लुम्विनि प्रदेश अध्यक्ष कल्पना थापाले युनियनले महत्वपूर्ण भुमिका खेलको बताउनुभयो ।
कार्यक्रममा डिल्लीराज बेल्वासे,झुलिराम थापा ,उमाकान्त बस्याल नेकपा एमालेका बुटवल उपमहानगर कमिटि अध्यक्ष किसन ज्ञवाली, छवि पाण्डेय, नारायण अर्याल, सुरज गौतम ज्यालादारी संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादव, नेविप्रा कर्मचारी संघका शक्त्तिराज घिमिरे लगायतले बोल्दै कर्मचारीका हकहितकालागि नेविप्राका कर्मचारी एक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कर्मचारी युनियन योगदान पुर्याउनु हुने पुर्वअध्यक्षहरु लालबहादुर क्षेत्री राजेन्द्र क्षेत्री डिल्लीराज बेल्वासे, बर्दघाट वितरण केन्द्रका इन्जिनियर दिगम्वर यादव, घोराही वितरण केन्द्रका मिथिलेश कुमार गोहियारलाई उत्कृष्ट वितरण केन्द्रको रुपमा सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीबाट चम्पा कार्की सम्मान गरीएको थियो । नेविप्रा ट्रेड युनियनलाई यसप्रदेशमा रहेर महत्वपूर्ण योगदान पुर्याउने नन्दलाल शर्मा, लक्ष्मण पोखरेल,प्रकाश भुसाल ,सरस्वती शर्मा, मोतिलाल खरेललाई सम्मान गरिएको थियो । कामको शिलसिलामा मृत्यु भएका कर्मचारीका परिवारलाई पनि सम्मान गरीएको थियो । कार्यक्रम नेविप्राका लुम्विनि प्रदेश अध्यक्ष कल्पना थापाको अध्यक्षता, प्रदेश सदस्य सुरेश पौडेलको स्वागत र दिनेश पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।