केशव
रुपन्देहि बुटवल,
संविधानले प्रदान गरेका महिला अधिकार प्राप्तिका लागि सबै एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । १ सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा वक्ताहरुले समानताका लागि समान सोंच र व्यवहार जरुरी रहेको बताएका हुन् ।
‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ मनाइएको महिला दिवसमा सरोकारवालाहरुले महिलाको राजनीतिक र सामाजिक अधिकार सुनिश्चित गर्दै सम्वृद्दिको बाटोमा अघि बढ्नुपर्ने बताए ।
नेपालमा महिला आन्दोलन र महिला अधिकारका विषयमा राजनैतिक पार्टी र राज्यका तीन तहले अधिकार अनुसारका भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको जोड छ ।
अनेमासंघ रुपन्देहीले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले संविधान प्रदत्त अधिकार प्राप्तिका लागि महिलाहरु एकजुट हुनुपर्नेमा जोडदिए । कार्यक्रममा अनेमा संघ केन्द्रीय सचिवालय सदस्य तथा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुको आर्थिक र सामाजिक सशक्तिकरण भएमा मात्रै ब्यवहारमा अधिकार प्राप्त गर्न सकिने बताउनुभयो । उहाले महिला हरु सवभन्दा बढी अर्थकै कारण हेपिन परेकोले आर्थिक रुपमा सम्पन्न हुदा धेरै कुरा समाधान हुने बताउनु भयो ।
उहाँले महिलालाई तीन तहकै सरकारबाट प्रभावकारी ढंगले आर्थिक क्षेत्रमा अगाडि बढाउँदै सक्षम बनाउनुपर्ने बताउनुभयो । अधिवक्ता हेमा न्यौपानेले महिलालाई मूलधारमा ल्याउन उत्पादनमूलक क्षेत्रलाई अघि बढाउनुपर्नेमा जोड्दिनुभयो । समानताका लागि समान सोंच र व्यवहार जरुरी रहेको भन्दै उहाँले महिलालाई नवप्रवर्तन र प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो ।
महिला नेतृ पम्फावती खनालले महिला हिसां घरबाटै बढी हुने हुनाले समाधान गर्न कठिन भैरहेको धारणा राख्नुभयो । उहाले हिजो हेपेर बोलाउने परिवारका सदस्य हरुले बोल्दा सम्मान गर्ने गरेको भएता पनि चुलो चौकोका काम महिलाको पेवा जस्तै बनेको बताउदै घरबाटै अधिकार खोज्न सक्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा महिला नेतृ गोमा आचार्य विष्णु केसी, सिता खनाल, एमाले नेता नन्दिकेशर ढकाल, किसन ज्ञवालि लगायतले समान अवसर र समान अस्तित्वका लागि महिलालाई उत्पादनमूलक र क्षमता विकासका काममा केन्द्रित गर्नपर्ने बताउनुभयो । कार्यक्रममा अधिवक्ता हेमा न्यौपानेले महिला अधिकार र नेतृत्व विषयमा कार्यपत्र पस्तुत गर्नुभएको थियो । कार्यक्रम अनेमासंघ जिल्ला उपाध्यक्ष विष्णु केसि को अध्यक्षता सचिव दुर्गा पाठक पाण्डेको संचालनमा सम्पन्न भएको थियो