रुपन्देहि फगुन २८
राष्ट्रिय अग्रहरी समाज नेपालको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले डाक्टर योगेन्द्र अग्रहरीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्ष माया अग्रहरी, पारसनाथ बनियाँ, महासचिव रविन्द्र अग्रहरी तथा सचिव ओम प्रकाश बनियाँ कोषाध्यक्ष इन्जिनियर दिलिप अग्रहरी रहनुभएको छ । यसैगरी सदस्यहरुमा दिलिप अग्रहरी, रेनु अग्रहरी, बालगोविन्द अग्रहरी, राधेश्याम अग्रहरी, चन्दीका अग्रहरी रहनु भएको छ । प्रथम अधिबेशनले कानुनि सल्लाकारमा दिपक गुप्तालाई चयन गरेको छ ।
तेस्तै राष्ट्रिय अग्रहरी समाज नेपालको प्रथम अधिवेशनले बद्रि विशाल गुप्ता, सुरेन्द्र अग्रहरी जोगिन्दर अग्रहरी, अग्नी अग्रहरी ,राजेन्द्र अग्रहरी, नागेन्द्र अग्रहरी, आदित्य अग्रहरी, प्रविण अग्रहरी रहेको सल्लाकार समिति पनि चयन गरेको छ । सो अवसरमा बोल्ने बक्ता हरुले आफूहरुलाई तत्काल अल्पसंख्यकको सूचिमा राख्न माग गरेको छन । बुटवलमा आयोजित राष्ट्रिय अग्रहरी समाज नेपालको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले अग्रहरी समुदाय पिछडावर्गमा रहेको तर राज्यको सूचिमा नपरेको र सेवा सुविधा नपाएको भन्दै सरकारले सूचिकरण गर्नुपर्ने बताएका हुन् ।
रुपन्देही, कपिलबस्तु, नवलपरासी, मोरङ, बारा, पर्सा र काठमाडौ लगाएतका जिल्लामा गरी देशभर करिव ८ हजार अग्रहरीहरुको बसोवास छ ।
सरकारी तत्थ्याङ्कमा समेत अग्रहरी जातिको स्पष्ट रुपमा पहिचान हुन नसक्दा अप्ठारो परेको उनीहरुको भनाई छ । कार्यक्रममा समाजका संस्थापक केन्द्रीय अध्यक्ष डाक्टर योगेन्द्र अग्रहरीले राज्यबाट पाउने सेवा सुविधा अग्रहरी समुदायले नपाएको बताउनुभयो ।
कार्यक्रममा प्रोफेसर बद्रीविशाल अग्रहरी, सुरेन्द्र अग्रहरी ,राजेन्द्र अग्रहरी, नागेन्द्र अग्रहरी, आदित्य अग्रहरी र सियाराम अग्रहरी लगायतले पिछडा बर्गमा सुचिकृत गर्न सरकारसँग माग गर्नुभयो ।
समाजले गरिव तथा विपन्न बस्तीमा स्वास्थ्य शिविर तथा रक्तदान गर्ने लगायतका योजना बनाएको महासचिव रविन्द्र अग्रहरीले जानकारी दिनुभयो । उपाध्यक्ष माया अग्रहरीको स्वागत तथा ओमप्रकाश बानियाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।