हरियाली अभियानकासयौ शृंखलाको अवसरमा ६३ जनाले रक्तदानले गरे रक्तदान

 

फाल्गुण २८
रुपन्देहीको तिलोत्तमा नगरपालकिामा सरसफाई तथा हरियाली अभियानको सयौ शृंखलाको अवसरमा साप्ताहिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६३ जनाले रक्तदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवराज घिमिरेले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार महिला, पुरुष लगायतका विभिन्न उमेर समूहका नागरिकले स्वत स्फुर्त रुपमा रक्तदान गरेका थिए।


विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’ को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाको हरियाली प्रबर्द्धन तथा नगर सरसफाईको १ सयौ शृंखला मनाउने कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रशासकीय प्रमुख अर्यालले बताउनुभयो ।

रगत दान गर्नेहरुलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालसंगै स्वास्थ्य शाखा प्रमुख ध्रुव राज घिमिरे, ,वडा अध्यक्ष गोपाल घिमिरे, अभियानका संयोजक सुरेन्द्र श्री, वडा अध्यक्ष गणेश पाठक, वडा अध्यक्ष रमेश डुम्रे, वडा अध्यक्ष हरि क्षेत्री,कार्यपालिका सदस्य नर बहादुर छन्तेल,सदस्यहरु मित्र न्यौपाने, डायमण्ड गिरी,गोपाल भण्डारी स्वास्थ्य अधिकृत लक्ष्मी आचार्य लगायतले प्रमाणपत्र वितरण गरेका थिए। एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुने सबैलाई अभियानका संयोजक सुरेन्द्र श्रीले धन्यवाद दिएका थिए । कार्यक्रमको लागि प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ नगरले गरेको थियो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.