फागुन २९
पशुपति कलेज तिलोत्तमा १६ कोटिहवाले कलेका विधार्थि हरुलाई लैगिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विधार्थि हरुलाई लैगिंक रुपमा सचेतन पार्ने र हिंसाका स्वरुप पहिच गर्ने ानउद्देश्यले कलेजका हरुलाई लैगिक सचेतना कार्यक्रम गरीएको कलेजका क्याम्पस प्रमुख कृष्णप्रसाद प्रसाद शर्माले जानाकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अथिति कलेज संचालक समिति गोमा गैरेले लैगिक शिक्षका अभावमा लैगिक हिसांहुने गरेको बताउनु भयो । उहाले यस्ता सचेतना मुलक कार्यक्रमले लैगिक हिंसा कमगर्न सहयोग पुग्ने बताउनु भयो । प्रमुख अतिथिगैरेले महिलाले समाजमा खेल्नु पर्ने भुमिमा र लैंगिक सचेतनामा यो कार्यक्रम अति फलदायी रहेको र यस्ता कार्यक्रम कलेजले निरन्तर रुपमा आयोजना गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा सहजकर्ता सामुदायिक रेडियो लुम्बिनीका स्टेसन म्यानेजर सामाजिक अभियान्ता मिनाक्षि न्यौपानेले गर्नु भएको थियो । सहकर्ता न्यौपानेले लैंगिक समानताको अर्थ,महिला बिभेदको कारण,समाधानका उपाय,महिला सशक्तीकरण, समाजमा महिलाहरुको दायित्व ,भुमिका आदि सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको महत्त्व माथि प्रकाश सहायक क्याम्पस प्रमुख जित बहादुर रास्कोटी राख्नुभएको थियो । क्याम्पस प्रमुख कृष्णप्रसाद प्रसाद शर्माको अध्यक्षता कलेज संचालक समिति गोमा गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम संयोजक प्राध्यापक कविता भण्डारी र स्वागत मन्तव्य प्राध्यापक महेश्वरी पाण्डेले गर्नु भएको थियो।