बिटा भवन उद्घाटन

बिटा भवन उद्घाटन
बुटवल, चैत ४ । बिटिआई ट्रेडसमेन एशोसिएसन (बिटा) को बुटवलमा निर्माण गरिएको भवन उद्घाटन गरिएको छ । बिटाको केन्द्रीय कार्यालय पोखरामा रहे पनि सम्पर्क सहजताका लागि मुकाम कार्यालयको रुपमा बुटवलमा भवन निर्माण गरिएको विटाका केन्द्रिय अध्यक्ष प्रदिप गिरीले जानाकारी दिनुभयो । भवनको बिटाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार कैलाशकुमार रञ्जितले उद्घाटन गर्नुभयो ।


बिटिआईले उपलब्ध गराएको करिव एक कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको भवनको लागत ५० लाख रहेको छ । बिटिआई ट्रेडसमेन र विभिन्न सहयोगी संघ संस्थाहरुको सहयोगमा भवन निर्माण भएको हो । भवन निर्माणले सम्पूणर् बिटिआई ट्रेडसमेनहरुको जमघट र भातृत्व विकासमा टेवा पुर्याउने अपेक्षा छ । बिटाको १८ औं महाधिवेशनको पूर्वसन्ध्यामा भवन उद्घाटन गरिएको हो ।


संस्थाका अध्यक्ष प्रदीप गिरीको अध्यक्षता, महासचिव नविन घिमिरेको सञ्चालन, गुप्तबहादुर पुनको स्वागतमा भएको कार्यक्रममा प्रमुख सल्लाहकार योगेन्द्र दहाला क्षेत्री, सल्लाहकार यम शमशेर रेग्मी, बिटिआई प्रशासन प्रमुख चन्द्र बहादुर क्षेत्रीलगायतले बोल्दै बुटवल टेक्नीकल संस्थालाई बचाउन ट्रेडसमेन हरु हरु एक भएर लाग्नुपर्ने बताउनु भएको छ । मात्रि संस्था ब्टवल टेक्नीकल कलेज समस्यामा रहेको भन्दै विटा का सवै सदस्यहरुले आप्नो संस्था विटा र मात्रि संस्था विटिआइ लाई बलियो बनाउनु पर्ने बताउनु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.