स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व छनोटका लागि मतदान जारी न्युज सहित फोटो फिचर

 

बुटवल । त्रिभुवन विश्वविद्यालय अन्तरगतको यस क्षेत्रकै पुरानो बुटवल बहुमुखी क्याम्पस सहितका क्याम्पस हरुमा विहान ८ बजेदेखि मतदान जारी छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व छनोटका लागि मतदान भएको हो । सातहजार बढी मतादाता रहेको बुटवल बहुमुखि क्याम्पसमा निर्वाचन शान्तिपुणर् र उत्साहाजनक रुपमा भैरहेको क्याम्पस प्रमुख खिमानन्द न्यौपानेले बताउनु भयो ।


यसैगरी आज रुपन्देहिकाबुटवल बहुमुखि क्याम्पस शहिद नारायण पोखरेल क्याम्पस रामापुर सहित छ वटा क्याम्पसमा निर्वाचन हुदैछ भने लुम्विनि बाणिज्य क्याम्पस , सिद्धार्थ क्याम्पस , राममणी बहुमुखि क्याम्पस सहित आधा दर्जन बढी क्याम्पसको निर्वाचन विबाधका कारण रोकिएको छ । दुइवटा क्याम्पसमा यहि आठ गते निर्वाचन हुदैछ । रुपन्देहिमा त्रिवि अन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।


चौध वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् । प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखियता नियमित हुनसकेको छैन ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।


सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ । विधार्थिले भने उद्देश्य अनुशारको कामको प्रतिनिधित्व हुन नसकेको गुनासो गर्दै आएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.