सिपयुक्त, गुणस्तरीय र व्यवहारिक प्राविधिक शिक्षाले मात्रै मुलुकमा रोजगारी श्रृजना गर्ने

 

बुटवल, चैत ५ । सिपयुक्त, गुणस्तरीय र व्यवहारिक प्राविधिक शिक्षाले मात्रै मुलुकमा रोजगारी श्रृजना गर्ने सरोकारवालाहरुले बताएका छन्।
प्राविधिक शिक्षा लिएकाहरु बेरोजगार बस्न नपरेको वक्त्ताहरुले बताए ।
बिटिआई ट्रेडस् मेन एशोसिएसन (बिटा) को १८ औ साधारणसभा तथा ११ औं राष्ट्रिय भेलामा बोल्ने वक्ताहरुले बुटवल टेक्निकल इस्टिच्युट विटिआईबाट उत्पादित जनशक्ति एकजना पनि बेरोजगार नरहेको बताएका हुन् ।
विटिआइबाट उत्पादित जनशक्तिले नै बुटवललाई औधोगकि क्षेत्र बनाउन महत्वपूर्ण योगदान गरेको सरोकारवालाको भनाइ छ ।


कार्यक्रमलाई सम्बोदन गदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले विटा र विटिआई मिलेर औद्योगिक पहिचान बचाउनुपर्ने बताउनुभयो । विटिआईको अध्यक्षसमेत रहनुभएका नगरप्रमुख पाण्डेले हिजोको दिनमा विटिआइमा पढ्न ठुलो कसरत गर्नुपर्ने अवस्था भए पनि अहिले आर्कषण घट्दै गएको बताउनुभयो । समयकुल अनुकुल ब्यवस्थापन गर्न सके विटिआईले मुलुकमा थप रोजगारी सिर्जना गर्न सक्ने उहाँको भनाइ छ । विटिआइबाट उत्पादित संस्थाहरु फस्टाउदै गएपनि माउ संस्था हराउदै गएको र समस्यामा परेको बताउदै उहाँले खुला बहस गर्नु जरुरी रहेको बताउनुभयो ।


कार्यक्रममा विटाका अध्यक्ष प्रदिप गिरीले बुटबल टेक्निकल इन्स्टिच्युट ६० बर्षभन्दा अगाडि स्थापना गरेपछि २५०० सय भन्दाबढी उच्च गुणस्तरिय ट्रेड्स मेन उत्पादन भएको बताउनुभयो । केहि उधोग हरु ट्रेडसमेन जनसक्ती विना चल्न नसक्ने बताउनु भयो । बुटवलको औद्योगीकरणलाई बचाउन विटाले सहकार्य गरेर अगाडि बढ्न र योगदान गर्न तयार गर्न रहेको उहाँले बताउनुभयो । उहाले विटालाइ विटिआई संचालक समितिमा समेत प्रतिनिधित्व गराउन माग गर्नुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले विटिआइ बुटवलको गहना भएको बताउदै यसलाई नेपालकै गहना रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । बीटीआईले उत्कृष्ट प्राविधिक जनशक्ति उत्पादन गरेर बुटवलसंगै राष्ट्रलाई ठुलो योगदान गरेको उहाँको भनाइ छ । समग्र रुपमा अर्थतन्त्रमा तरलता भएकोले औधोगिक क्षेत्रमा आर्थिक मन्दी छाएको कसजुले बताउनुभयो ।


बुटवल टेक्निकल इस्टिच्युटका निमित्त कार्यकारी निर्देशक अभिमुन्य पन्थीले विटिआई र विटा नङ र मासुको सम्वन्ध जस्तै एउटै भएको बताउदै सहकार्य गरेर काम गर्न विटिआइ संस्था तयार रहेको बताउनुभयो ।
साठी बर्षको इतिहासमा यसपाली सवैभन्दा कम विद्यार्थी भर्ना भएको बताउंदै उहाँले विटिआईको गुणस्तरीय शिक्षा र धेरै कार्यक्रम भए पनि लक्षित वर्गमा जानकारी पुराउन नसकिएको बताउनुभयो ।
कोर्ष परिवर्तन गरेरै भएपनि संस्थालाई बलियो बनाउने र विद्यार्थीलाई गुणस्तरीय सिप प्रदान गर्ने तयारी गरीरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विटाका पुर्वअध्यक्ष लक्ष्मण देवकोटाले नेपालमा बन्ने हाइड्रो पावर फस्टाउनुमा विटिआईको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
प्राविधिक शिक्षण संस्था विटिआईले विद्यार्थी र आर्थिक लाभ नपाउंदा त्यसको असर औद्योगिक क्षेत्रमा पनि आउने उहाँको भनाइ छ ।
थापा इन्जीनियरिङका प्रमुख कार्यकारी अधिकृत देवानसिह थापाले विद्यार्थीको चाहाना, बजारको माग र आवश्यकताका आधारमा प्राविधिक शिक्षा दिनसके मात्रै संस्थालाई बलियो बनाउन सकिने बताउनुभयो ।
प्रमुख सल्लाहकार योगेन्द्र दाहाल क्षेत्रीले बुटवलको सम्वृद्धिको सहयोगी विटिआई अहिले प्रसव पिडामा रहेको बताउनुभयो

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.