तिलोत्तमा गोल्डकप, सुदुरपश्चिम ११ फाइनल प्रवेश

 

मोसफ बाहिरको सर्वाधिक राशिको तिलोत्तमा गोल्ड कपको पहिलो फाईनलिस्ट सुदुरपश्चिम ११ बनेको छ । आज बुधबार भएको पहिलो सेमिफाईनल खेलमा थ्री स्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै सुदुरपश्चिमले फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।
गोलरहित बराबरिमा निकै प्रतिष्प्रर्धात्मक खेलको ८६ औँ मिनेटमा सुदुरपश्चिम ११ का फागुराम थारुले गोल गरेका थिए । भोली मनाङ र्मस्याङदी र फ्रेण्डस क्लव बिच प्रतिष्प्रर्धा हुने छ । सुदुरपश्चिम ११ ले यी दुई बिचको बिजेता संग शनिबार खेल्नेछ ।


रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीय सहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।


सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.