अव्यवस्थित संरचना र विकास वातावरणमैत्री नहुँदा विपद् जोखिम बढेको विज्ञहरुको भनाइ

 

काठमाडौं। अव्यवस्थित संरचना बनाउने क्रम नरोकिएको र विकास वातावरणमैत्री नहुँदा विपद् जोखिम बढेको संरचना बनाउने क्रम नरोकिएको र विकास वातावरणमैत्री नहुँदा विपद् जोखिम बढेको विज्ञहरुले बताएका छन्। उनीहरूले जुटेर मात्रै विपद्को जोखिम कम गर्न सकिने बताए। विपद जोखिम न्यूनीकरणका लागि विषयगत क्षेत्र मुल प्रवाहीकरण प्रकृया कार्यशालामा वक्ताहरुले विकासका काम व्यवस्थित नहुँदा विपद् झन बढ्दै गएको बताएका हुन्। राष्ट्रिय निकुञ्ज, नदी क्षेत्रमा डुवान, छिमेकी मुलुक भारतले सीमा क्षेत्रमा बनाएको बांधको असर, मनपरी जग्गा प्लानिङ, विद्युत अनियमित जस्ता कारणले विपदबाट बढी क्षति पुगेको वक्ताहरुले बताए । राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल डिमानका अध्यक्ष सूर्यबहादुर थापाले विपद् जोखिम न्यूनीकरण नगरेसम्म दिगो विकास हुन नसक्ने बताउनुभयो। विकासका हरेक गतिविधिमा विपद् व्यवस्थापन जोडिए मात्रै समुदायको हित हुने बताउंदै उहाँले कृषि, उद्दम, स्वास्थ्य, शिक्षा देखि समुदायस्तरमा यसलाई जोडेर लैजानुपर्नेमा जोड दिनुभयो। नेपाल धेरै नै विपद् जोखिम क्षेत्रमा रहेको भन्दै अध्यक्ष थापाले सामुहिक रुपमा एकजुट भए मात्रै विपद्को सामना गर्न सकिने बताउनुभयो। विपद न्यूनीकरण विज्ञ डा. राजु थापाले अव्यवस्थित संरचना निर्माणले पनि विपद् जोखिम बढेको बताउनुभयो। २०७२ सालको भूकम्प पछि अव्यवस्थित संरचना निर्माण रोक्ने अवसर भए पनि खोलालाई कुलो बनाउने र सडक बनाउँदा डोजरे विकासले जताततै विनास निम्त्याएको बताउनुभयो। विपदबाट मृत्यु हुनेको संख्या सन् २०३० सम्म ७ सयमा झार्ने लक्ष्य भए पनि काम प्रभावकारी नभएको उहाँले बताउनुभयो। सावधानी नअपनाउँदा सडक दुर्घट्नाबाट गत वर्ष २८ सय ८३ जनाको मृत्यु भएको पनि उहाँले बताउनुभयो। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, सहसचिव अनिता निरौला, फकोफनका सचिव ठाकुर भण्डारी, विद्युत उपभोक्ता महासंघका नारायण ज्ञवाली, ध्रुव खड्का, चन्द्र सिवाकोटी, राजु चापागाईं लगायतका वक्त्ताहरुले विपद व्यवस्थापन जोखिम रोक्न पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.