आश्रितको ३० ओै स्मृति दिवसमा जिल्लास्तरीय वक्तृत्वकला,प्रतियोगितामा कालिका मानवज्ञान माविकी छात्रा करिना खनाल प्रथम

 

बुटवल । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३० ओै स्मृति दिवसमा रूपन्देही जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले माविस्तरमा वत्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । गणतान्त्रिक आन्दोलनमा जीवराज आश्रितको भुमिका विषयक वक्त्तृत्वकला प्रतियोगितामा कालिका मानवज्ञान माविकी छात्रा करिना खनाल प्रथम भएकी छिन । प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुलकी विदुषी गौतम दोस्रो र नविन औद्योगिक कद्दरबहादुर रिता माविकी सुजाता शाक्य तेस्रो भएकी छिन ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद,शिल्ड र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा वक्ताहरुले जीवराज आश्रितको ब्यक्तित्व र कृतित्वको रक्षा गर्दै आश्रितको जीवनशैलीलाई नयाँ पुस्तामा पुर्याउनुपर्नेमा जोड दिए । वक्ताहरुले वामपन्थी राजनितिक दलहरुले आफ्नो आफ्नो धरातल भुल्दै गएको भन्दै चिन्ता बव्यक्त गरेका थिए। उनीहरुले समाज परिवर्तनका लागि संघर्ष गरेका नेताहरुले पनि इमान्दारीपूर्वक काम नगरेको आरोप लगाए। प्रतिष्ठानका कार्यवहाक अध्यक्ष युवराज घिमिरेले जीवराज आश्रितको संगठन शैली र सादापन सिक्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष तथा संरक्षक देवेन्द्र घिमिरेले समाज परिवर्तनका लागि के गर्नु पर्छ भन्ने कुरा स्वर्गीय जिवराज आश्रितबाट सवैले शिक्षा लिनुपर्ने बताउनुभयो ।

उहाले जीवराज आश्रित ले जनताका निम्ति गरेका योगदानको कदर गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै संस्थाका संरक्षक देवेन्द्र घिमिरेले समाज भित्रका परिवर्तन लागि के गर्नु पर्छ भन्ने कुरा स्वर्गिय जिवराज आश्रितबाट सवैले शिक्षा लिनुपर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका नेता नेत्रप्रसाद पन्थी, एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, डाक्टर मुरारी पराजुली, प्रा डा ऋषिराम आर्चाय, साहित्यकार रमेश हरी ढकाल, प्रतिष्ठानका निर्वतमान अध्यक्ष उमाकान्त बस्याल, सल्लाकार कृष्णप्रसाद पाण्डे, प्रतिष्ठान महासचिव कल्पना थापा, संस्थाका उपाध्यक्ष ऋषिराम पाण्डे लगायतले वक्तृत्वकला प्रतियोगिताले जीवराज आश्रितको जीवनशैली र योगदान नयाँ पुस्तामा पुग्ने आशा ब्यक्त गरेका थिए।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.