राजनीतिमा निष्ठा ,इमान्दारीता,पारदर्शिता र सरल जीवनशैली हराउँदै, आश्रितका चिठी देवेन्द्र घिमिरेलाई नामक पुस्तक विमोचन

 

बुटवल जेठ ३ । कम्युनिष्ट नेताहरूले राजनीतिमा निष्ठा ,इमान्दारीता,पारदर्शिता र सरल जीवनशैली हराउँदै गएको बताएका छन् । देश र जनताका निम्ति निस्वार्थ रुपले काम गर्ने नेताहरुको कमी हुंदा जनताको तहबाटै राजनीति प्रति वितिष्ण बढ्दै गएको उनीहरूले बताए ।


नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३० ओै स्मृति दिवसमा जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी वाम नेताहरूले राजनीतिमा निष्ठा र समर्पण हराएको धारणा राखेका हुन् ।
आश्रितका चिठी देवेन्द्र घिमिरेलाई नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै वक्ताहरुले मदन आश्रितको सुनियोजित हत्या भएको भनिरहने तर कुनै पनि सरकारले घट्नाको छानविन नगर्दा हत्यारा पत्ता नलागेको बताए ।


एमालेकै सरकारमा पनि यसको छानविन नभएको प्रतिवक्ताहरुले दुख ब्यक्त गरेको थिए । कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिब्युरो सदस्य लिला गिरीले पार्टी अहिलेको अवस्थासम्म आइपुग्न स्वर्गीय नेताहरुको महत्वपुणर् योगदान रहेको बताउनुभयो । लुम्विनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनु भएका गिरीले मदन आश्रितले देखाएको बाटोमा हिड्न पर्ने बताउनुभयो । उहाले विमोचित आश्रितका चिठी देवेन्द्र घिमिरेलाई नामक पुस्तकले विगतमा कति कठिन अवस्थामा राजनिति गर्नुपर्ने अवस्था थियो भन्ने युवा पुस्ताले बुझ्ने बताउनुभयो ।
कार्यक्रमा आश्रित स्मृति प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा पुस्तकका देवेन्द्र घिमिरेले स्वर्गीय नेता जीवराज आश्रितको योगदानको कदर हुन नसकेको बताउनु भयो । उहाँले विगतमा चिठीपत्रको महत्व बताउँदै त्यसले पार्टी काम समेतको कसरी गरिन्थ्यो भन्ने धेरै जानकारी दिएको बताउनुभयो ।


कार्यक्रममा एमाले नेता नेत्रप्रसाद पन्थीले नेता स्वर्गीय नेताद्धयका ब्यवहार पालना नगरेकै कारण राजनिति यो अवस्थामा आएको बताउनुभयो । मदन र आश्रितले विचारमा फरकमत राख्नेहरुलाई समेत संगठन र पार्टीमा महत्वपुणर् स्थान दिएर संगै लैजाने गरेको पनि बताउनुभयो ।
नेता पन्थीले उहाका विचार मान्ने तर व्यवहार र अनुशासन नमान्ने गरेकै कारण बामपन्थी आन्दोलनका नेताहरुमा जनविश्वास गुम्दै गएको बताउनुभयो । कार्यक्रमा नेकपा एमालेका रुपन्देही जिल्ला अध्यक्ष तेजन्द्र केसीले मदन भण्डारी र जिवराज आश्रितको जीवनशैली अनुशरण गरेर आफुलाई रुपान्तरण गर्दै पार्टि भित्रका कमिकमजोरी सुधार गरेर लैजानुपर्ने बताउनु भयो ।
जीवराज आश्रितका सहकर्मी बामपन्थी नेता उमापति पाण्डेले अहिलेका नेताले जिवराज आश्रितका कार्यशैली र योगदानको कदर गर्न नसकेको बताउनुभयो । स्वर्गिय नेता द्धयको भावना विपरित गएकाले बामपन्थी विचार कमजोर हुदै गएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालका कार्यबहाक अध्यक्ष युवराज घिमिरेले आश्रितले जस्तै विचारमा दृढता, जनता प्रति जवाफदेहिता, सरलता, शिष्टता र इमान्दारीता आजको राजनितिमा खड्केको मुख्य कुरा भएको बताउनुभयो ।
आश्रित स्मृति प्रतिष्ठान नेपालकी महासचिव कल्पना थापा ,विमला श्रेष्ठ एमाले जिल्ला सचिव यज्ञ गैरे, उपसचिव हितराज पन्थी, करिना खनाल लगायतले बोल्दै कुशल संगठक जिवराज आश्रितको जीवनशैली र योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रममा आश्रितका चिठी देवेन्द्र घिमिरेलाई नामक पुस्तक विमोचन गरीएको थियो । पुस्तकमा स्वर्गीय जीवराज आश्रितले २०२२ देखि पार्टी संगठन बिस्तारका काममा जेलमा रहेको अवस्था विभिन्न समयमा पठाएका १३ वटा चिठी समाबेस गरीएको छ ।

 

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.