डब्लुडब्लुएफले मनायो तीसौं वार्षिकोत्सव

 

काठमाडौं।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाले ३० औं वार्षिकोत्सव भव्य समारोहका बीच मनाएको छ। त्यस अवसरमा संरक्षणमा योगदान गरेका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो । डब्लुडब्लुएफ नेपालमा सन् १९९३ मा स्थापना भएको थियो। यसले वन, वन्यजन्तु तथा जलस्रोत, जलवायु, ऊर्जा लगायतका क्षेत्रमा काम गर्दै आएको छ । स्थापनाको ३०औँ वार्षिकोत्सवको अवसरमा डब्लुडब्लुएफका राष्ट्रिय प्रतिनिधि डाक्टर घनश्याम गुरुङले नेपालमा जनसहभागितामा हुने प्रकृति संरक्षण दिगो र परिणाममुखी हुने बताउनुभयो ।

काठमाडौंको होटल याक एण्ड यति होटलमा सम्पन्न भएको कार्यक्रममा विभिन्न देशका राजदूत, प्रतिनिधि, संरक्षणमा योगदान गरेका विशिष्ट व्यक्तिहरु लगायत सहभागी थिए। नेपालमा डब्लुडब्लुएफले प्रकृतिमा आधारित संरक्षणमा सहयोग समेत गर्ने गरेको छ। डब्लुडब्लुएफ नेपालले बाघ, गैँडा, रेडपाण्डाको संरक्षणका लागि ख्याति कमाएको छ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या तीन सय ५५ छ । यस्तै गैँडाको सङ्ख्या सात सय ५२ पुगेको छ । हिउँ चितुवा र रेडपाण्डाको ठूलो सङ्ख्यामा वृद्धि भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.