पुष्प बहुउद्देश्यीय सहकारीको२४ सौ स्थापनाको अवसरमा रक्त्तदान कार्यक्रम

 

बुटवल जेठ ९
बुटवल ७ दिपनगरमा रहेको पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आप्नो २४ सौ स्थापनाको अवसर पारेर रक्त्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त्त संचारकेन्द्र बुटवलको प्राविधिक सहयोगमा सहकारीले गरेको रक्त्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको सहकारीकि ब्यबस्थापक सरस्वति न्यौपानेले जानाकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष राम प्रसाद पाण्डेले रक्तदानको माध्यमबाट यसक्षेत्रमा रगतको अभाव हुन नदिने उद्धेश्यका साथ रक्त्तदान कार्यक्रम आयोजना गरीएको बताउनुभयो । अध्यक्ष पाण्डेले रगतको अभावमा विरामिको ज्यान जान सक्नेहुदा सहकारीका हरेक सदस्यहरुलाई रक्त्तदान गर्न पे्ररित गरीने पनि बताउनु भयो । उहले आगामि दिनमा समेत यस्ता सामाजिक मानविय कार्यलाई सहकारीले निरन्तरता दिने समेत उहाले बताउनु भयो ।


कार्यक्रममा श्री पुष्पबहुउद्धेश्यीय सहकारीका संस्थापक सचिव माधव आर्चाय,निवर्तमान नगर प्रमुख सिवराज सुवेदि, सल्लाकार दिपक न्यौपाने रक्त्तसंचार केन्द्रका निरन्जन राज भण्डारी बुटवल ७ का जनप्रतिनिधि विरबहादुरलामा सहकारीका उपाध्यक्ष युवराज अमगाइ,संस्थाकि सचिव कल्पना थापा उमाकान्त बस्याल लगाएतले बोल्दै रक्त्तदान जस्तो मानवियकार्य गरेर सहकारीले सामाजिक क्षेत्रमा महत्वपुणर् योगदान पुर्‍याएको बताउनु भएको थियो ।

उहहरुले समाजमा सामाजिक मुल्यर मान्यता हराउदै गएकाबेला सहकारीलेले रक्त्तदान जस्तो पुण्यकाम गरेर सहकारी उदारणीय बनेको समेत बताउनु भएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षता सचिव कल्पना थापाको संचालन र उपाध्यक्ष युवराज अमगाई को स्वागमा सम्पर्न भएको थियो । पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न कार्यक्रमको अवसरपारेर सामाजिक क्षेत्रमा रचनात्मक कार्यक्रम गर्दैआएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.