फेकोफनको अध्यक्षमा ठाकुर भण्डारी

 

काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल फेकोफनको सातौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। नयाँ नेतृत्वको केन्द्रीय अध्यक्षमा गुल्मीका ठाकुर भण्डारी निर्वाचित हुनुभएको छ।

उहाँ फेकोफनको निवर्तमान सचिव हुनुहुन्छ। काठमाडौंमा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा हुम्लाका बिर्खबहादुर शाहीलाई चयन गरेको छ । उहाँ फेकोफनको निवर्तमान महासचिव हुनुहुन्छ। यस्तै, महासचिवमा पार्वता गौतम चयन हुनुभएको छ।

उहाँ फेकोफनको निवर्तमान कोषाध्यक्ष हुनुहुन्छ । सचिवमा बाँकेका डिल्ली गिरी र कोषाध्यक्ष शान्ता न्यौपाने चयन हुनुभएको छ। एक उपाध्यक्ष र दुई उपमहासचिव चयन हुन बाँकी छ। अरू सबै पदाधिकारीहरु र केन्द्रीय सदस्यहरु चुनिएका छन्।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.