लुम्बिनी केबलकार बुटवल को प्रधानमन्त्री पुष्पकमल दाहाल द्धारा उदघाटन

 

बुटवल, २५ जेठ ।
केशव भण्डारी
लुम्बिनी केबलकार बुटवल हिल्सको बिहीबारदेखि औपचारिक उदघाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले औपचारिक रुपमा केबलकारको उदघाटन गर्नुभएको हो । उद्घाटन समारोह लाई सम्वोधन गर्दै प्रधानमन्त्री दहाले निजी क्षेत्रबाट भएको लगानीले पर्यटन विकास भएको र यसमा सरकारको हातेमालोसंगै समृद्धि सम्भव छ भन्ने नारा सफल हुने बताउनुभयो ।

उहाले मानव अवशेष भेटिएको, अंग्रेज सेनालाई पराजित गरेको जितगढी किल्ला, पहाडी भेगसंगको आर्थिक नाका लगायत सबै हिसाबबाट ख्याती कमाएको रुपन्देहीको विकासमा संघीय सरकारबाट बजेट सम्बोधन गर्ने पनि बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जनआकांक्षा अनुसार प्रतिफल दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । निजी क्षेत्रबाट गरिने सबैजसो लगानीमा लागि प्रदेश सरकार स्वागत गर्न चाहेको उहाले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले यहाँका पर्यटकीय क्षेत्रमा केबलकार संचालनसंगै थप पर्यटकहरुलाई सुविधा दिने बताउनुभयो । उहाले १४ महिनामा ठूलो आयोजना सम्पन्न गरी देशमा विकास गर्न सकिने सम्भावनालाई उजगार गरेको बताउनुभयो । निजी क्षेत्रबाट छिटो काम हुने तर सरकारी विकासका काम तोकिएको समयमा नहुने समस्यालाई तोड्ने गरी अघि बढ्न सरकारलाई उनले सुझाव दिनुभयो ।
पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले महत्वपूणर् संरचना निर्माण गरेर पुरा भएको भन्दै यसबाट पर्यटन विकासमा टेवा मिल्ने बताउनुभयो । पाल्पा र रुपन्देहीलाई जोड्ने काम मात्रै नभएर राष्ट्रको सिङ्गो अर्थतन्त्र प्रर्यटनमाध्यम बाट केबलकारले चलाएमान गराउने बताउनुभयो । कामाख्या देवि मन्दिरको विशाल, आकर्षक, धार्मिक आस्थाको मन्दिरका कारण यहाँको थप गरिमा बढेको उहाले बताउनुभयो । लगानी निजी क्षेत्रबाट भएपनि यसबाट सबैको आर्थिक सबलीकरणमा सहयोग मिल्ने पौडेलको भनाई छ ।


कार्यक्रममा भारत उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री जगदम्बिका पालले भारतीय पर्यटकलाई भुलाउने सम्भावना देखिएको बताउनुभयो । नेपालको साहसिक, धार्मिक र पर्यटकीय स्थलमा बाह्य पर्यटक ल्याउन र रमणीय स्थलमा घुमाउने थलो रहेको छ । लुम्बिनीसंगै नयाँ गन्तव्यका कारण नेपाल र भारतबिच जनस्तरमा थप भावनात्मक सम्बन्ध स्थापित हुनेउहाको भनाइ छ । कार्यक्रममा संघीय सांसद ठाकुर गैरे र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पर्यटन नै आर्थिक विकासको आधार भएको बताउनुभयो । कार्यक्रममा केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको लगानी केवल ब्यावसायिक मात्र नभई सामाजिक उत्तरदायित्वतर्फ पनि ध्यान दिएको बताउनुभयो । केबलकार टिकटको आम्दानीको २ प्रतिशत रकम दुई पालिकाको विकासमा लगाईने उहाले बताउनुभयो ।
कार्यक्रममा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यो क्षेत्र ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र रहेको भन्दै यहाँको विकासमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । साढे ३ अर्ब लगानीमा बुटवल-३ बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका-३ वसन्तपुरमा टप स्टेशन रहेको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.