भारतमा वेपत्ता महिलाको उद्वार

 

मानव कल्याण मित्र मञ्च नेपालले भारतमा वेपत्ता एक महिलाको उद्वार गरेको छ । महिला र बालवालिकाको क्षेत्रमा काम गर्दै आएको मित्र मञ्च नेपालले भारतमा वेपत्ता उदयपुरकी चन्द्रकुमारी राईलाई उद्वार गरी घरपरिवारलाई बुझाएको छ ।

विगत ३ वर्षदेखि भारतमा बेपत्ता रहेकी उदयपुर जिल्ला वेलका नगरपालिका ३ की चन्द्रकुमारी राईलाई भारतको गोरखपुरबाट उद्वार गरिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताउनुभयो । वाइट…. भारतको उत्तर प्रदेश मात्रछायां चैरिटेवल फाउन्डेशन गोरखपुरमा रहेकी चन्द्रकुमारी राईलाई मानव कल्याण मित्र मञ्च नेपाल र रोटरी क्लव अफ मणिग्रामको पहलमा उद्वार गरी नेपाल ल्याईएको हो ।

शनिबार रुपन्देहीको तिलोत्तममा एक कार्यक्रमको आयोजना गरी प्रहरी प्रशासन, जनप्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरुको रोहवरमा उद्वार गरिएकी महिला चन्द्रकुमारी राइलाई चन्द्रकुमारीका दाई हरिप्रसाद राईलाई बुझाईएको हो । तीन वर्षदेखि वेपत्ता दिदीलाई भारतबाट उद्वार गरेर दिएकोमा खुशी लागेको भन्दै हरिप्रसाद राईले मानव कल्याण मित्र मञ्चलाई धन्यबाद दिनुभयो ।

उक्त कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण पौडेलले असल काम गर्नेहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मानव कल्याण मित्रमञ्च नेपालका अध्यक्ष दूर्गाप्रसाद अर्याल, प्रमुख संरक्षक पुरुषोत्तम भट्रराई,रोटरी क्लव अफ मणिग्रामका सचिव मिनप्रसाद भण्डारी, रोटरी क्लव अफ मणिग्रामका पूर्व अध्यक्ष कुलमणि ज्ञवाली, डाईवरटोल प्रहरी चौकीका प्रमुख रमेश गुरुङ संस्थाका महासचिव झबी अधिकारी लगायतले बोल्दै मानवीय सेवा भावले गरिने कामको राज्यले उचित मुल्याकंन गर्न आवश्यक रहेको बताउनुभयो । मानव कल्याण मित्र मञ्च नेपालले भारतमा रहेको प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा भारतमा अलपत्र रहेका महिला र बालवालिकाहरुलाई उद्वार गरी नेपाल ल्याएर आफन्तलाई बुझाउंदै आएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.