सचिव रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी

 बुटवल। सरकारले गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थलाई संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले सचिव पन्थलाई गण्डकी प्रदेशको प्रमुख सचिवबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो। पन्थ झण्डै दुई वर्ष गण्डकी प्रदेशको प्रमुख सचिव रहनु भयो। संघियता कार्यान्वयन भएपछि सबैभन्दा बढी समय प्रदेशको प्रमुख सचिव हुने पन्थ एक मात्र सचिव हुनुहुन्छ।
पन्थ निष्पक्ष र सक्षम सचिवका रुपमा चिनिनुहुन्छ। श्रोतका अनुसार दल विशेषको खास पात्र नभएका कारण सचिव पन्थलाई संघमा ढिलो सरूवा गरिएको हो। सचिव पन्थले सरूवा प्रकृया राजनीतिक नभै संस्थागत र कार्य क्षमताको आधारमा हुनुपर्ने बताउनुभयो। पन्थले गण्डकी प्रदेश सरकारको प्रमुख सचिव हुनुअघि विभिन्न जिल्लामा सिडिओ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल र सुर्खेत कार्यालयको प्रमुख भएर काम गर्नुभएको थियो ।
सचिव पन्थले चुस्त सेवाप्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.