वातावरण संरक्षणको सन्देश दिन विद्युत् प्राधिकरणको वृक्षारोपण

 

वातावरण संरक्षणको सन्देश दिन विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालयमा वृक्षारोपण

श्रावण १६,
रुपन्देहि — नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय बुटवलले कार्यलय परिसद् र कार्यलयमातहतमा रहेको जग्गामा डेढ सय बढी बिरुवा रोपेको छ । प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसरपारेर लुम्विनि प्रादेशिक कार्यालय बुटवलले कार्यालय परिसरमा फलफुल र जडिबुटी प्रजातिका आँप, अमला बेल अम्वा, लिची, तेजपात, सितलचिनि,हर्रो,बर्रो, कटहर र विभिन्न मौसमि फुलहरु गरी एकसय पचास भन्दा बढी बिरुवा रोपिएको नेपाल विधुत् प्राधिकरण लुम्विनि प्रादेशिक कार्यालय बुटवलका प्रमुख नवराज वझाले जानाकारी दिनुभयो ।


प्राधिकरणले विरुवा रोपेर रचनात्मक कार्यको थालनि गरेको बताउदै प्राधिकरलाई विधुत् सेवा तिरण क्रममा रुख काट्नेमात्रै होईन रोप्नेकार्य गरीरहेको सन्देश दिन देशभर विरुवा रोपिएकोे प्रमुख नवराज वझाले बताउनुभयो ।
प्राधिकरणले लुम्विनि प्रदेशका १२ वटै जिल्लामा रहेका सवै जिल्ला वितरण केन्द्र र महसुल काउन्टर मा प्राधिकरणका कर्मचारी मार्फत हजारौ विरुवा रोपेको प्रमुख वझाले जानाकारी दिनुभयो ।


बातावरण संरक्षण गर्ने दाइत्व हामि सवैको भएकाले सवै सरकारी कार्यालय हरुलाइ पनि बतावरण संरक्षण गर्ने सन्देश दिन जडिबुटि र फलफुलका बिरुवा रोपिएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय बुटवललका प्रसाशन प्रमुख राम प्रसाद पोखरेल ले जानाकारी दिनुभयो ।

आगामि दिनमा समेत यसलाइ निरन्तरता दिने प्रसाशन प्रमुख पोखरेलले जानाकारी दिनुभयो । ३८ वार्षिकोत्सवको अवसरमा लुम्विनि प्रादेशिक कार्यालय बुटवलले प्रदेश स्तरीय खुला महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता पनि सम्पन्न गरेको छ । ब्याडमिन्टन प्रतियोगितामा पुरुष तर्पm नविन केसि र सिव सुनवार प्रथम विनोद शर्मा र मोहन थापा द्धितिय भएका छन । तेसै महिला तर्फ भएको ब्याडमिन्टन प्रतियोगितामा ममता अर्याल प्रथम तुल्सा बुढा द्धितिय भएकि छिन । यसै गरी केन्द्रीय प्रतियोगितामा प्रतिष्पर्धाका लागि लागि मनोज भण्डारी र धावन हिस्कि छनोट भएको खेल संयोजक नविन केसिले जानाकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.