छत्रगंज रुपन्देही सम्पर्क समाजद्वारा बृहत बृक्षारोपण

 

छत्रगंज रुपन्देही सम्पर्क समाजद्वारा बृहत बृक्षारोपण तथा सूचना तथा सन्देशमूलक होर्डिबोर्ड हस्तान्तरण छत्रगंज रुपन्देही सम्पर्क समाजले छत्रगंज र रुपन्देहीबासीको सम्बन्धलाई अझ दिगो बनाइ गाउँको विकासलाई प्रभावकारी बनाउन एक कार्यक्रम सम्पन्न गरेको छ।

श्री सार्वजनिक मा.वि.छत्रगंजमा सुचना तथा सन्देशमुलक बोर्ड (मोबाइलबाट बालबालिकामा पार्ने असर सम्बन्धी) को हस्तान्तरण गर्दै सार्वजनिक मा. वि. छत्रगञ्जको परिसर, छत्रदेवालय मन्दिर परिसर, ,रातापोखरा खेल मैदान परिसर र झुल्केपोखरी मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रमको आयोजना गर्यो । उक्त बृहत बृक्षारोपण अभियानका क्रममा ११०७ (बेलपत्र ५२, कल्की फुल ३५०, तेजपत्ता ५००, टिमुर ५०, लब्सी ५०, कपुर २०, सजिवन १०, म्याङ्गो स्ट्रीम २०, रक्तचन्दन ५ पिस लगायतका वृक्षरोपण गरिएको छ ।औपचारिक रुपमा सार्वजनिक मा.वि.मा उद्घाटन भएको यस कार्यक्रमको अध्यक्षता छत्रगंज रुपन्देही सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीले गर्नु भएको थियो भने प्रमुख अतिथि छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ रहनुभएको थियो। यस कार्यक्रमको संचालन श्री सार्वजनिक मा.बि.का शिक्षक प्रकाशमणी घिमिरेले गर्नुभएको थियो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.