नेपाल निजामती कर्मचारी संगठन रोहीणीको अध्यक्षमा वुद्धिप्रसाद पन्त

साउन ३०, बुटवल । नेपाल निजामती कर्मचारी संगठन रोहीणी पालिका समितिको अध्यक्षमा बुद्धिप्रसाद पन्त निर्वाचित हुन भएको छ । पन्तको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ ।जसको उपाध्यक्षमा ओमप्रकाश ठाकुर, महिला उपाध्यक्षमा धनकुमारी पाण्डे, सचिबमा आनन्दलाल कर्ण, सह सचिवमा ओमप्रकाश यादव , कोषाध्यक्षमा ताराप्रसाद गैरे चयन हुनुभएको संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले जानकारी दिनुभयो ।
त्यस्तै संगठनको सदस्यहरुमा उदयराज अधिकारी, रामवृक्ष नाउँ, प्रयागराज शर्मा, गंगाप्रसाद लोनिया र सुनिता मल्लाह निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै संगठनका केन्द्रीय सचिवालय सदस्य काशिराम आचार्यले संगठनले सेवा प्रवाहलाई थप चुस्त दुरुष्त बनाउँदै कर्मचारीको हक र हितको लागि कानून सम्बत तरिकाले सामुहिक सौदावाजी गर्न उल्लेख्य भुमिका खेलेको बताउनुभयो ।
संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले संगठन सवै सेवा समुह र सवै तहका सवै खाले कर्मचारीहरु माउ संगठन रुपमा स्थापित भएकोले सवैको असल अभिभावकको भुमिका निर्वाह गर्न सक्ने संगठनको रुपमा स्थापित हुँदै गएको बताउनुभयो ।
त्यस्तै संगठन रुपन्देहीका अध्यक्ष खनालले कर्मचारीको क्षमता बिकासको लागी स्थानीय सरकारसँग सामुहिक पहल कदमी लिने र उर्जावान केन्द्रीय टिम भएको बताउँदै कर्मचारीको हकहितका साथै सेवा प्रवाहमा समेत संगठनले सधै अग्रपंक्तिमा रहेर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै नव निर्वाचित पालिका समितिका अध्यक्ष वुद्धिप्रसाद पन्तले सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्दै कर्मचारी हकहितमा सदैव लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संगठन रुपन्देहीका सचिव जीवन पौडेलको संचालन कोषाध्यक्ष पदम थापाको स्वागतमा भएको कार्यक्रममा संगठनका जिल्ला सल्लाहकार भास्कर आत्रेय, जिल्ला सदस्य राजकुमार मिश्र, प्रेम बहादुर के.सी. लगायतले बोल्नुभएको थियो । निर्बाचित पदाधिकारी तथा सदस्यहरूलाई संगठनका केन्द्रीय सचिवालय सदस्य आचार्यले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.