इन्धनको आयात घटाउन पनि विजुली गाडीको उपयुक्त विकल्प,

 

वद्युतीय सावारी, स्वच्छताको तयारी“

साउन ३०, बुटवल । विद्युतीय सवारी साधनले वातावरणीय स्वच्छता कायम हुनुका साथै आर्थिक रूपमा व्ययभार समेत कम हुन जाने एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् । विदेशबाट आयात हुने पेट्रोलीयम पदार्थ निकै महंगो हुँदै गएको अवस्थामा विद्युतीय सावारी उपयुक्त विकल्पका भएको उनीहरूले भनाइ छ ।


नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिक उत्सवको अवसरमा प्राधिकरण लुम्बनी प्रादेशिक कार्यालयले आयोजना गरेको विद्युतीय सवारी साधनहरुको बृहत ऱ्याली समापन कार्यक्रममा बोल्ने बक्ताहरूले स्वदेशी विद्युतको खपतले विदेशी मुद्रा संचिती समेत बढ्ने बताए ।
यस क्षेत्रमा विद्युतीय गाडी विक्रीवितरण गर्दै आएका कम्पनीहरूको सहभागीता रहेको उक्त र्‍याली प्राधिकरण प्रादेशिक कार्यालय बुटवल कालिकानगरबाट सुरू भई तिलोत्तमाको मणिग्राम, बुटवल गोलपार्क हुँदै पुन कार्यालय परिसरमा पुगी समापन गरिएको थियो ।उहाँले इन्धनको आयात घटाउन पनि विजुली गाडीको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरण लुम्बनी प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझाले पेट्रोलियम पदार्थ आयातका लागि ठूलो मात्रामा विदेशिने मुद्राको न्युनीकरण तथा स्वदेशी विद्युतको खपतका लागि र्‍यालीको आयोजना गरिएको बताउनुभयो ।
उहाँले प्राधिकरणले विद्युतीय गाडीहरूलाई लक्षित गरी लुम्बिनी प्रदेशको बुटवल बसपार्क, बर्दघाट, कपिलबस्तुको चन्द्रौटा, बाँकेको कोहलपुर लगायतका क्षेत्रमा चार्जिङ स्टेशन निर्माण गरेको बताउनुभयो । प्रमुख ओझाले बुटवल नारायणघाट, बुटवल पोखरा, बुटवल कोहलपुर सडक खण्डहरूको थप विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्ने तयारी भैरहेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै प्राधिकरण लुम्बनी प्रादेशिक कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद पोखरेलले यस क्षेत्रमा विद्युतीय सावारी साधन प्रयोग गर्नेहरू दिनानुदिन बढ्दै गएको बताउनुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीको प्रयोग बढाउन चार्जिङ स्टेशन निर्माण गर्न चाहानेहरूका लागि पुर्वाधार निर्माण गरीदिने ,सहुलियतमा विद्युत प्रदान गर्नुका साथै ट्रान्सफर्मर निशुल्क जडान लगायतका सुविधा दिने बताउनुभयो ।

कार्यक्रममा अधिकृत ज्ञान प्रसाद भट्टराई, डिल्लीराज बेल्वासे, कल्पना थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विधुतिय गाडि लिएका प्रयोग कर्ताले भने लाइन जाने आउने भोल्टेज नपुग्ने समस्या आफुहरुले भोग्नु परेकाले समस्या समाधानका लागि आग्रह गरेका थिय ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.