कर्मचारी युनियनले गर्‍यो बृहत रक्तदान, १ सय १२ युनिट रगत संकलन

 

साउन ३१, बुटवल । नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिक उत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले बृहत रक्तदान गरेको छ । विद्युत प्राधीकरण प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय कालिकानगर बुटवलमा गरिएको रक्तदानमा १ सय १२ युनिट रगत संकलन भएको हो ।


नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको आयोजना रक्तसंचार केन्द्र बुटवल को प्रावीधीक सहोगमा रक्त्तदान भएको हो । र्काक्रममा लुम्विनि प्रदेशका रुपन्देहि,कपलवस्तु पाल्पा, नवलपरासि लगात जिल्लाका विद्युत प्राधीकरण का कर्मचारि सहभागितामा रक्त्तदान भएको थियो ।

रक्तदान सुभाम्भ गर्दै नेपाल प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुख नवराज ओझाले कर्मचारीहरूले सेवासँगै सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै जिम्मेवार हुन्छन भन्ने कुरा यस रक्तदान कार्यक्रमले देखाएको बताउनुभयो ।

उहाँले डेँगी लगायत संक्रमण जन्य रोगको विगविगी रहेका बेला यस प्रकारको बृहत रक्तदान हुनु सकारात्मक रहेको बताउनुभयो । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष अमृत रेस्मि मगर ले युनियनले विगत देखिनै बिभिन्न रचनात्मक कार्य गदै आएको र आफ्नो सेवाका अलवा सामाजक कार्यमा सहभागिता जनाउदै आएको बताउनु भयो ।


युनियनका अध्यक्ष अमृत रेग्मीको अध्यक्षतामा भएको रक्तदान सुभाम्भ कार्यक्रममा बुटवल गिर्ड महाशाखा प्रमुख सुरज गौतम,पेशागत महासंघका केन्द्रिय सदस्य डिल्लीराज बेलबासे, नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष कल्पना थापा लक्ष्मण पोखरेल, बाबुराम ज्ञवाली, विष्णु पौडेल सुरेश पौडेल, प्रकास भुसाल ,उमा अर्याल, रोसन न्यौपाने दिनेश पाण्डे लगायतले बोल्दै रक्तदान जीवन दान सरह रहेको ले आगामि दिनमा समेत रक्त्तदानमा सहभागिता जनाउन सवै कर्मचारी हरु लाइ आग्रह गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.