कन्चनमा प्रथम लौसा तीज विशेष सांस्कृतिक मेला

 

बुटवल, ३२ साउन ।

रुपन्देहीको कन्चन गाउँपालिकामा प्रथम लौसा तीज विशेष सांस्कृतिक मेला २०८० सुरु भएको छ ।
न्यू मुनलाइट युवा क्लव कन्चन गाउँपालिका-१ को आयोजना र अकला एम्युजमेन्ट कम्पनी प्रालिको व्यवस्थापनमा सुरु भएको मेला भदौ ११ गतेसम्म चल्ने छ । मेलाको उद्घाटन कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो ।
उद्घाटन गदै अध्यक्ष नवराज ढकालले नेपालीको मौलीक संस्कृति र परम्परा जोगाइराख्न यस्ता मेला महोत्सवहरुले महत्वपूणर् योगदान पुर्‍याउने बताउनु भयो । तीजगीतको मौलिकपनालाई जोगाइराख्न र स्थानीय समुदायलाई मनोरन्जन प्रदान गर्न सांस्कृतिक मेला आयोजना गरिएको क्लवका अध्यक्ष प्रकाश कार्कीले बताउनु भयो ।


सांस्कृतिक मेला उदघाटनका अवसरमा कन्चन गाउँपालिका-१ का वडाअध्यक्ष हरिनारायण थारु, वडा नम्बर २ का वडाअध्यक्ष टेकबहादुर गुरुङ, गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन, पत्रकार दिनेश घिमिरे लगायतले सांस्कृतिक मेला सफलताको शुभकामना व्यक्त गनुभएको थियो ।


महोत्सवमा राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, दुर्गेश थापा, ज्योती मगर, पशुपति शर्मा, बद्री पंगेनी, चन्द्र शर्मा, खुमन अधिकारी, रचना रिमाल, समीक्षा अधिकारीलगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ-आफ्नो प्रस्तुती देखाउने छन् ।


कन्चन गाउँपालिका वडा नम्बर १ को खेलमैदानमा आयोजना गरिएको सांस्कृतिक मेलामा विभिन्न तीज सम्बन्धी गीत तथा विभिन्न मौलक स्थानीय कला प्रस्तुत गरिने छ । मेला हरेक दिन दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.