हंसपुर रुपन्देही सम्पर्क समाजकोअध्यक्षमा सुदन ज्ञवाली

 

अर्घाखाँची जिल्लाको साविक हंसपुर गाबिस बाट रुपन्देही बसोबास गर्ने हंसपुरेहरुको भेला ले नया कार्यसमिति निर्माण गरेको छ। सामाजिक उद्देश्य बोकेको हंसपुर सम्पर्क समाजले रुपन्देहीमा हंसपुरेका बिचमा भाइचारा सम्बन्ध बढाइ भावनात्मक एकता कायम राख्ने गर्दछ। तिज गित कार्यक्रम भैलो जस्ता सास्कृतिक पर्वहरु एक साथ मनाउने गरेको उक्त समाजले बुटवलमा भै परि आउने घटनामा नेतृत्व दायी भुमिका खेल्ने गरेको छ। सल्लाहकार समितिका सदस्यहरु पुर्व कार्यसमिती सदस्यहरु र समाजका प्रखर सकृय सदस्यहरुको बिस्तारित भेला बाट उक्त समिती निर्माण भएको हो। सल्लाहकारको भुमिकामा रहेका बुद्दी पन्थी, जुद्द बिक भक्तिराम अर्यालको नेतृत्वमा गठित अध्यक्ष मण्डलले उक्त समिती निर्वाचित गरेको हो। उक्त भेलामा कानुनी सल्लाहकार गोबिन्द मरासिनिको पनि उपस्थिती थियो। स्थापित ब्यावसायी, राजनितिकर्मी, बैंकर सामाजिक अभियन्ता, कर्मचारी वकिल लगायत बिबिध पेशागत ब्यवसायमा सम्लग्न ब्याक्तिहरुको सम्लग्नतामा उक्त कार्यसमिती निर्माण भएको छ। कार्यसमितिको अध्यक्षमा सुदन ज्ञवाली उपाध्यक्षमा लक्ष्मण पन्थी सचिव रेशम बाबू खनाल कोषाध्यक्षमा कृष्ण अधिकारी सहित सदस्यहरुमा भुवन मरासिनी,वसन्त खड्का कमल मरासिनी मोहन खनाल सहित ११ जनाको समिती निर्माण भएको हो। आगामी दिनमा हंसपुर बासिको मनोभावना बुझी सम्पर्क समाजको भुमिका र कार्यक्षेत्र को अधिनमा रहि सामाजिक कार्यमा कृयाशिल हुने सचिब रेशम बाबू खनालले बताए।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.