बुटवल समुदायिक बनको साधारण सभा तथा ५औ परिषद् भेला सम्पन्न

 

 

बुटवल समुदायिक बन उपभोक्ता समुहलले आप्नोे १७औ साधारण सभा तथा ५औ परिषद् भेला सम्पन्न गरेको छ । बुटवल उपमहानगर वडा न १ र २ मा पर्ने सामुदायिक बनको क्षेत्रफल ४९७.९७ हेक्टर रहेको सामुदायिक बन उपभोक्ता समुहको वार्षिक साधारण सभाले सामुदायिक बन संरक्षणमा जुट्न र आफ्ना अधिकार सुनिश्चत गर्न एक भएर सवै लाग्न आग्रह गरेको छ ।

साधारण सभाले सामुदायिक बसामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बावुराम पौडेलको अध्यक्षता, डिभिजन बन कार्यलय रुपन्देहिका बन अभिकृत गकुल पौडेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समुदायले नै बनको संरक्षणमा महत्वपुणर् योगदान दिएकाले राज्यले सामुदायिक बन उपभोक्ता समुहका अधिकार खोस्ने र अनुचित कर लगाउने काम गलत भएको बताउदै यसलाइ सच्याउन सरकार संग माग गरेका छन ।

कार्यक्रममा बुटवल २ का वडा सदस्य गौतमलाल शाक्य,नेकपा माओवादिका नगर अध्यक्ष महेन्द्र भुसाल, मणिमुकुन्द सेन उधानका उपाध्यक्ष माधव श्रेष्ठ,बुटवल इनजीनेरिङ्ग एसोसेशनका अध्यक्ष तुल्सी न्यौपाने,परिषद सदस्य पदमलाल शाक्य लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रमा अध्यक्ष बावुराम पौडेलले संस्थाको बार्षिक निति तथा प्रगति प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले बनक्षेत्रमा भुक्षय रोक्न बृक्षारोपण गर्ने,चोरि निकासी चरिचरण रोक्न तारवार गर्ने उपभोक्ता सदस्य विस्तार गर्ने भावि योजना रहेको बताउनु भयो । कार्यक्रममा कोषध्यक्ष समा श्रेष्ठले आर्थिक प्रतिबेदन तथा लेखा संयोजक कृष्ण पौडेलले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिय । उपाध्यक्ष जिवलाल पौडेलले स्वागत तथा सचिव रन्जु भट्टराइको संचालन कार्यक्रममा सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.