भलाई कोषले दुईवटा यातायात समितिसँग गर्यो सम्झौता

 

बुटवल, १२ पुस ।

पश्चिम क्षेत्रका दुईवटा यातायात व्यवसायी संस्था यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलमा दर्ता भई सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।
जाजरकोट-डोल्पा यातायात प्रालि र नेपाल पुर्व-पश्चिम यातायात प्रालि बाँकेले कोषमा दर्ता भएर यातायात व्यवसाय सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेले जानकारी दिनुभयो ।
बुटवलमा आयोजित एक कार्यक्रमका बीच जाजरकोट-डोल्पा यातायात प्रालिका तर्फबाट अध्यक्ष नवराज सिंह तथा नेपाल पुर्व-पश्चिम यातायात प्रालिका तर्फबाट अध्यक्ष धनबहादुर पुन, महासचिव विजय थापा र कोषाध्यक्ष नेपबहादुर खड्का तथा भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा कोषका पदाधिकारी तथा सञ्चालक समितिका सदस्यहरु सहभागी थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.