लुम्बिनी एक्स्पोमा संस्थागत सहभागिता बढ्दै, अहिलेसम्म २ लाख २० हजार बढीले गरे अवलोकन

 

बुटवल, १२ पुस ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० मा सर्वसाधारणसँगै संस्थागत सहभागिता पनि बढ्दै गएको छ ।

व्यापार संघले बुटवलमा एकै प्रकृतिका अन्य संस्थाहरुलाई सहयोगी संस्थाको रुपमा राखेकाले पनि ती संस्थाहरुले आफ्ना सबै कार्यसमितिसँगै अन्य सदस्यहरुको साथमा सहभागिता जनाएर एक्स्पोको महत्वलाई बढाएका छन् । बिहीबार मात्रै चेम्बर अफ कर्मर्श लुम्बिनी, रुपन्देही उद्योग संघ, उद्योग व्यापार संगठन, तनहुँको बन्दीपुर गाउँपालिकाको टोली, कालिका स्कुलको पर्यटन शाखाको टोली, ११ नम्बरको प्रौढ समाजको टोलीलगायतका संस्थाहरुले संस्थागत रुपमा अवलोकन गरेका छन् ।
संस्थागत सम्बन्ध बिस्तार र एक्स्पोलाई सहयोग गर्न यसरी अवलोकन भएको प्रचार संयोजक फर्सुराम पन्तले जानकारी दिनुभयो । बिहीबार प्रहरीको डिआईजीको नेतृत्वमा अवलोकन तथा बुटवल उपमहानगरका उपमेयर सावित्रा अर्यालको नेतृत्वमा मेलाको अनुगमन भएको र अहिलेसम्म कुनै समस्या नआएको पन्तले बताउनुभयो ।
आउने अवलोकनकर्तालाई कसरी सेवा र सुविधा दिन सकिन्छ भनेर आयोजक तथा आयोजकहरुका सहयोगी संस्थाहरु लागिपरेको रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले बतााउनुभयो । बुटवलमा हुने हरेक प्रदर्शनी, एक्स्पो, महोत्सव वा मेला जे भएपनि यहाँका सबै संघसंस्थाको सामुहिक आयोजकको भावना रहेकाले सबै साथ रहने उहाको भनाइ छ । व्यापार संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक कृष्ण घिमिरेका अनुसार अहिलेसम्म २ लाख २० हजार दर्शक अवलोकन गरेको र अवलोकनकर्ताको चाप बढ्दै गएको जानकारी दिनुभयो ।

 
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहरदेखि गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ रुपन्देही व्यापार संघले मेला पुस १८ गतेसम्म चल्नेछ । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजक संस्थाले राखेको छ ।
दर्शकको भिड लाग्ने र अवलोकन सहजताकालागि मेला आयोजना स्थलमा आयोजकले सानासाना कुराहरुमा पनि ध्यान दिने गरेको छ ।
निमाणर्ाधिन प्रदर्शनी केन्द्रमा करिब ६ सय स्टलहरु सहभागी रहेका छन् । प्रदर्शनी केन्द्रमा एकै पटक २५ हजार दर्शकले स्टलको अवलोकन गर्नसक्ने क्षमता रहेको छ । मेलामा एकै दिनमा १ लाख सम्म दर्शकहरु पुग्ने गर्दछन । यसरी पुगेका अवलोकनकर्तालाई खानेपानी, शौचालय तथा प्रवेश र निकासको सहज व्यवस्थापन आयोजकबाट भएको छ । त्यसमा पनि स्टल भित्रै एक परोपकारी संस्थाले खानेपानी र मोवाईल रिचार्जको निशुल्क प्रबन्ध गरेको छः । त्यो संस्था हो बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल काठमाडांै ।

सामान्य लाग्ने तर अवलोकनकर्तालाई निकै समस्या पर्न सक्ने अवस्था हुन्छ । स्टल हेर्दै जादा तिर्खा लाग्न सक्छ, पानी पिउन मन लाग्न सक्छ या त मोबाईलको चार्ज सकियो वा बच्चालाई स्तनपान गराउनु पर्यो भने अवलोकनकर्तालाई निकै समस्या पर्छ । यहि समस्यामा सहयोगी बनेको छ ओम्स । प्रदर्शनी स्थलमा रहेको स्टल नम्बर २७९ मा बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल काठमाडौले निशुल्क पिउने पानी तथा निशुल्क मोबाइल्ल चार्ज र निशुल्क स्तनपान कक्ष प्रदान गरेको छ ।
खाद्य बस्तुहरु सम्बन्धि बिक्रि गर्ने कम्पनी प्रतिनिधिहरु र डिलर प्रतिनिधिहरुको संयुक्त सस्था ओम्सका केन्द्रिय अध्यक्ष सुर्य पराजुलीले धेरैको कम ध्यान जाने तर सामाजिक कामबाट सन्तुष्टि मिल्ने र समाज सेवाको उद्देश्यले सेवा गर्न स्टल राखेर सेवा दिइरहेको बताउनुभयो ।
ओम्सका आजिवन सदस्य प्रकाश शर्माले निशुल्क तातो चिसो पानी दैनिक ५०-६० जार बितरण गरिएको बताउदै सार्वजनिक बिदाको दिनमा आउने बालबालिकाहरुलाइ दैनिक ५ सय जनालाइ बिस्कुट र चकलेट बितरण गरेको बताएका छन् । सो सेवा प्रदान गर्नका लागि ओम्सका सदस्यहरुले आलोपालो माध्यमबाट काम गरिहेका छन् । ओम्सको लुम्बिनी साखा कार्यालय रुपन्देहीमा १३५ सदस्य छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.