निःशुल्क माटो परीक्षणमा साढे ५ सय बढी किसानले लिए सेवा

 

बुटवल, १३ पुस ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० को ९ औं दिन अवलोकनकर्ताको चाप उत्तिकै बढेको छ । अहिले विभिन्न जिल्लाबाट सर्वसाधारणसँगै संस्थागत सहभागिता बढ्दै गएको छ । शुक्रबार यसअघिका दिनमा भन्दा केही चिसो बढेकाले पनि अवलोकनकर्ताको चाप बढेको हो ।

पुस १४ र १४ गते दुई सार्वजनिक बिदा परेकाले पनि त्यो दिन बढी अवलोकनकर्ताको चाप हुने भएकाले त्यही अनुसारको तयारी गरिएको संघका महासचिव दयानिधि भण्डारीले बताउनुभयो ।
बुधबारसम्म मेलामा रहेका निःशुल्क माटो शिविरको काम पनि सकिएको छ । विभिन्न जिल्लाबाट ५३० जनाले निःशुल्क माटो परीक्षण गरेको कृषि उपसमिति सदस्य बाबुराम खनालले जनाउनुभयो । कृषि विकास निर्देशनालय बुटवलको सह-आयोजना र माटो तथा मल परिक्षण प्रयोगशाला बाँकेको प्राविधिक सहयोगमा माटो परीक्षण भएको थियो ।
मेलाका प्रचार संयोजक फर्सुराम पन्तले शुक्रबार सोचेभन्दा राम्रो संख्यामा अवलोकनकर्ताको भिड भएको र व्यपार पनि उल्लेख्य बढ्दै गएको जनाउनुभयो ।
बुटवलमा हुने हरेक प्रदर्शनी, एक्स्पो, महोत्सव वा मेला जे भएपनि यहाँका सबै संघसंस्थाको सामुहिक आयोजकको भावना रहेकाले सबै साथ रहेको व्यापार संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक कृष्ण घिमिरेले जनाए । उनले शनिबार र आइतबार सार्वजनिक बिदा परेको र त्यो समयमा भीड बढ्ने आंकलनका साथ सबै तयारी गरेको जनाउनुभयो ।
अहिलेसम्म २ लाख २० हजार दर्शक अवलोकन गरेको र अवलोकनकर्ताको चाप बढ्दै गएको आयोजक ले जाएका छन।
स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहरदेखि गाउँसम्म व्यापार बिस्तार भन्ने मूल नाराका साथ रुपन्देही व्यापार संघले मेला पुस १८ गतेसम्म चल्नेछ । मेलामा १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजक संस्थाले राखेको छ ।


निमाणर्ाधिन प्रदर्शनी केन्द्रमा करिब ६ सय स्टलहरु सहभागी रहेका छन् । प्रदर्शनी केन्द्रमा एकै पटक २५ हजार दर्शकले स्टलको अवलोकन गर्नसक्ने क्षमता रहेको छ । मेलामा एकै दिनमा १ लाख सम्म दर्शकहरु पुग्ने गर्दछन । यसरी पुगेका अवलोकनकर्तालाई खानेपानी, शौचालय तथा प्रवेश र निकासको सहज व्यवस्थापन आयोजकबाट भएको छ । मेलाका प्रबन्धक सरोज पोखरेलका अनुसार डान्स, दोहोरी, भजन, र्याप प्रतियोगिताले सबै उमेर समूहको ध्यान तानेको बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.