स्टेशनरी व्यवसायीद्वारा आयोजित हाजिरीजवाफको उपाधि बुटवल ग्लोरीलाई,द्धितीय कालिका मानवज्ञान मावि

 

बुटवल, पुस । पठन संस्कृति विकास गर्ने उद्देश्यले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, रुपन्देहीद्वारा आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि बुटवल ग्लोरी बोर्डिङ स्कूलले चुमेको छ । यस क्षेत्रकै सबैभन्दा ठूलो धनराशीको ‘सृजनाशिल जिल्ला स्तरिय रनिङ सिल्ड हाजिरी जवाफ प्रतियोगी’ को उपाधि सहित विद्यालय ५१ हजार पुरस्कार पनि हात पारेको छ ।


त्यस्तै द्धितीय कालिका मानवज्ञान मावि, तृतीय न्यू होराइजन मावि र सान्त्वना स्कलर्स होम बोर्डिङ स्कूल भएका छन् । विजेता विद्यालयले क्रमस २५ हजार, १५ हजार र ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतिष्पर्धा रूपन्देहीमा १०१ विद्यालय सहभागी रहेको कार्यक्रम संयोजक तथा महासंघका जिल्ला उपाध्यक्ष गोपाल बस्यालले जानकारी दिनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामकृष्ण चापागाईले पठन संस्कृतिको विकास गर्न आफूहरुले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताताउनुभयो ।
कार्यक्रमको उद्घाटन जिल्ला शिक्षा समन्वय इकाई, रुपन्देहीका प्रमुख माधव बञ्जाडेले यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुग्ने बताउदै यस्ता प्रतियोगिताले विधार्थिहरुमा हौसला प्रदान गर्ने बताउनु भयो । प्रमुख बञ्जाडेले यस्ता बौद्धिक कार्यक्रमले विद्यार्थीको अध्यनमा सकारात्मक प्रभाव पार्ने पनि बताउनु भयो ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष कृष्णप्रसाद पाण्डे, निर्वतमान केन्द्रीय अध्यक्ष मनहरि बस्याल, पूर्व अध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीका पूर्व अध्यक्ष यामलाल लोहनी, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, रुपन्देही अध्यक्ष अनन्तराम शर्मा लगायतले बोल्दै यस्ता कार्यक्रमले विद्यार्थीको निडरता बढाउनुका साथै अध्यन गर्नु पर्छ भन्ने भावनाको बिकास गराउने बताउनु भयो ।

 

संघका अध्यक्ष रामकृष्ण चापागाईको अध्यक्षता, उपाध्यक्ष गोपाल बस्यालको स्वागत तथा सचिव कृष्णबहादुर कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । हाजिरीजवाफ प्रतियोगिताको कार्यक्रम सञ्चालन अर्जुन चापागाईले गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.