ग्लोवल सहकारीको साधारण सभा

 

ग्लोवल सहकारीको साधारण सभा
बुटवल, पुस । ग्लोवल बहुउदेश्यीय सहकारी संस्था बुटवल ९ को दोस्रो साधारण सभा बुटवलमा गरिएको छ । साधारण सभामा मा बोल्दै लुम्बिनी प्रदेश गृह मन्त्रालय महाशाखा प्रमुख कालिदास बस्यालले सहकारीले उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताएका थिए ।


कार्यक्रममा सल्लाहकार तथा यातायात मजदुर भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, बुटवल उपमहानगरपालिका सहकारी प्रमुख गुणाकर खनाल, शेयर सदस्य विष्णु भुषाल, भगवती गौतम लगायतले शुभकामना दिएका थिए ।
सहकारीका अध्यक्ष पदमलाल घिमिरेले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पहिलो बर्षमा सहकारी खुद नाफा ७ लाख १५ हजार ५ सय ५२ रुपैया खुद नाफा गर्न सफल भएको बताएका थिए । उनले सहकारी गत पुस ५ गते सम्ममा १६३ जना महिला र ५२४ पुरुष गरी कुल ६८७ जना सदस्य रहेको बताउका थिए । कार्यक्रममा बोल्ने बक्ता हरुले सहकारीको स्थापना भएको विसमहिनामा सहकारीले राम्रो प्रगति गरेको बताएका थिय ।
कार्यक्रममा सहकारीका कार्यवाहक लेखा समिति संयोजक राजेश गौतमलले लेखा समितिको प्रतिवेदन, व्यवस्थापक लक्ष्मण रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन खगेश्वर भण्डारी स्वागत मन्तब्य सहकारीका उपाध्यक्ष थानेश्वर बस्याले गर्नुभएको थियो । अगिल्लोमा केहि मिस्टेक भएकाले सच्चाएर पठाइएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.