सडक महोत्सवमा पाणिनी कलेजको स्टलमा स्वाद पारखीको भीड

 

बुटवल, पुस  । बुटवल-८ सुख्खानगरस्थित पाणिनी कलेजका विद्यार्थीले बनाएका परिकारहरु पाँचौं सडक खाना महोत्सवमा स्वाद पारखीहरुको रोजाइमा परेका छन् । स्टेज नजिकै ५२ नम्बरको पाणिनी कलेजेको स्टलमा अहिले दशकको भीड छ । सबै विशेष परिकारहरु डिप्लोमा इन होटल म्यानेजमेन्ट पढने विद्यार्थीहरुले बताएका हुन् ।


कलेजका डाइरेक्टर जनकराज भुसालले अध्ययनमा सिकेका कुरा व्यवहारमा कार्यान्वन गर्दै विद्यार्थीहरुले विभिन्न नयाँ नयाँ परिकारहरु महोत्सवमा पस्किएको बताए । गत वर्षको महोत्सवमा पनि पाणिनी कलेजको स्टलमा दर्शको भीड लागेको थियो । पाल्पाली आलु, छपियाको माछा, छोयला म.म., पाणिनी स्यान्एच, चिकेन ललिपप, चिकेन बल लगायतका परिकारहरु खान महोत्सव सुरुदेखि राति १२ बजेसम्म भीड लाग्ने गरेको डाइरेक्टर भुसालले बताए ।
सन् २०१९ बाट कलेजले होटल म्यानेजमेन्टको पढाई सुरु गरेको थियो । कलेज अहिले एमएम बढेको विद्यार्थीको रोजाइमा छ । कलेजले होटल सम्बन्धी विभिन्न तालीमहरु पनि दिँदै आएको भुसालले बताए । कलेजमा हरेक वर्ष १०० भन्दा बढी विद्यार्थीहरुले पढदै आएका छन् । अहिले विदेशमा पढन जाने रुचि भएकाहरुको नेपालमा होटल म्यानेजमेन्ट विषय पहिलो रोजाइमा छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.