मिलन सहकारीमा नयाँ नेतृत्व,राजेश भटटराई

 

बुटवल, पुस १५ । मिलन बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं साधारणसभा तथा १० औं अधिवेशनले सम्पन्न भएको छ । संस्थाका अध्यक्ष योगेश घिमिरेको अध्यक्षता संस्थाका सचिव धर्मविर खत्रिको संचालन तथा उपाध्यक्ष राजेश भटटराईको स्वागतमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीको भावना अनुशार चलेकाले संस्थाको राम्रो प्रगति भएको तथा अवका दिन पनि सेयर सदस्यको हित र सहकारीको मर्म अनुसार चलाउने बताएका थिय ।

कार्यक्रम २४ औ अधिवेशनमा सहकारीका सल्लाकार संस्थाका अध्यक्ष योगेश घिमिरेको धुर्वकुमार पौडेल,पुर्व अध्यक्ष गोपाल टन्डन सेयर सदस्य सुरेन्द्र ज्ञवालि लगाएतले बोल्नुभएको थियो । कुल बचत आठ करोड रहेको मिलन सहकारीले छ करोड पचासलाख लगानि गरेको कोषध्य ज्ञानप्रसाद अर्याल बताउनु भयो । कार्यक्रममा कोषध्यक्ष ज्ञान प्रसाद अर्याले आर्थिक लेखा संयोजकले विजयकुमार गुप्ता लेखा प्रतिबेदन अध्यक्ष योगेश घिमिरेले संस्थाको वार्षि प्रगति प्रतिबेदन पेश गर्नु भएको थियो


यसै विच मिलन बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं साधारणसभा तथा १० औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । राजेश भटटराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा धर्मवीर खत्री, सचिवमा ज्ञानप्रसाद अर्याल र कोषाध्यक्षमा टिकाराम पन्थी, गोकणर् पाण्डे, विजयकुमार गुप्ता मिठु भण्डारी, सरस्वती न्यौपाने, रोहित भुसाल र बालनरसिंह कुवर रहेका छन । त्यस्तैगरी लेखा समितिको संयोजकमा रुक्मांगत बस्याल रहेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.