पाचौ सडक खाना महोत्सव शुरु

 

बुटवल, पुस
नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्घर्न, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारासहित पाचौ सडक खाना महोत्सव २०८० शुरु भएको छ ।
एक समारोहका बिच प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले शनिबार समुद्घाटन गर्दै खाना महोत्सवको ईतिहास धेरै पुरानो भएको बताए। समुद्रमा पाईने माछाका परिकारहरु पकाएर सडकमा खाने रुपमा ग्रिसबाट यो चलेको उनले बताए । पछिल्लोसमय भने शहरीकरणसंगै वातावरण स्वच्छ, हाईजेनिक रहेको पुष्टि गर्ने रुपमा यो चल्न थालेको उनले बताए। विश्वक कुनै ठाउमा समयको रोकतोक नभएको भन्दै सुरक्षाको ब्यवस्थापन भने सरकारको जिम्मेवारी भएको उनले बताए। रुपन्देहीमा हालको पर्यटकभन्दा दोब्बर संख्या भित्रिदासमेत थेग्न सक्ने स्तरका होटलको क्षमता रहेको उनले दाबी गरे ।
कार्यक्रममा उद्योगमन्त्री रोज राणाले भाषण गर्ने कार्यक्रम सहि नभएको बताए । टेबलमा बसेर नीति निर्माणमा अघि बढ्नुपर्ने सुझाव दिदै नेताको भाषणबाट जनताहरु रुष्ट भैसकेको उनले बताए। देशमा भित्रने पर्यटनलाई प्रशासनबाट सडकसडकमा दिईने हैरानी रोक्न आजको आवश्यकता भएको उनले बताए।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रबक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले अब लुम्बिनीको विकास देशकै मोडल भएको बताए। लुम्बिनी प्रदेशमा बनाउनेभन्दा पनि ब्यवस्थापन जरुरी रहेको उनले बताए।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमन्त्री तथा सभासद भोजप्रसाद श्रेष्ठले बुटवललाई पहिचान दिलाउने रुपमा मेलामहोत्सव भएको बताए। जनता बिनाको विकास अपुरो हुने भन्दै उनले उपभोक्ता समितिमार्फत गरिएको काम सधै सफल हुने उनले बताए। साबिक लुम्बिनीको साख बचाउने रुपमा अभियान चलाउन जरुरी रहेको उनले बताए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको मेला, सडक महोत्सव एउटा मोडेलका रुपमा रहेको भन्दै यहाँ पर्यटकको कमी नभएको बताए।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, ब्यवसाय प्रवद्घर्नमा मेलामहोत्सव महत्वपूणर् हुने भन्दै यसको निरन्तरता जरुरी रहेको बताए।
कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले जातजातीको संस्कृति पहिचान हुने गरि सडक खाना महोत्सव आयोजना गरेको बताए। सुस्ताएको होटल ब्यवसायलाई उकास्न थोरै भएपनि सहयोग मिल्नेमा आशावादी रहेको उनले बताए।
कार्यक्रममा संस्थागत अध्यक्ष तथा वरिष्ठ सल्लाहकार माधव नेपालले होटल ब्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताए। यहाका सामरिक र ऐतिहासिक पर्यटकिय स्थलहरुको
अनुसन्धान र उत्खनन् गरि नया अभियानहरु थाल्न जरुरी रहेको उनले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बुटवलमा रात्रीकालिन बजारको दबाब स्वरुप सडक खाना महोत्सव शुरुवात गरेको बताए। बिस २०७५ सालमा पहिलोपटक सडक खाना महोत्सव गरेको उनले बताउदै पर्यटन प्रवर्द्धन हुने गरि पर्यटन भित्राउने पहलका रुपमा कार्यक्रम भएको बताए । काठमाडौ, पोखरामा हुने कार्यक्रम रुपन्देहीमा पनि सम्भावना छ भन्ने कुरा प्रमाणित गर्न सफल भएको उनले दाबी गरे।
बाह्य पर्यटकहरु ईटलीबाट फ्रेन्सेसको, लुकिया र जापानकी मानमी टुस टियमलाई कार्यक्रममा सम्मान गरिएको थियो।
यसैगरि बिहान भएको जनचेतनामुलक रयालीमा सहभागीमध्ये नेवा समाज अर्घाखाँची उत्कृष्ट बन्दै प्रथम नगद १५ हजार रुपैया र प्रमाणपत्रबाट पुरस्कृत भएको छ। यसैगरि नेपाल महिला मगर संघ, बुटवल नगर कमिटि दोस्रो, उचिडहवा स्वावलम्बन समुह र तितेपाती सहकारी संस्था तेस्रो भए। यसैगरि समावेशी टोल बिकास संस्था र मिलन टोल विकास संस्था सान्त्वना भए।
यसैगरि जनचेतनामुलक रयालीमा सहभागीमध्ये नेवा समाज अर्घाखाँची उत्कृष्ट बन्दै प्रथम नगद १० हजार रुपैया र प्रमाणपत्रबाट पुरस्कृत भएको छ। यसैगरि नेपाल महिला मगर संघ, बुटवल नगर कमिटि दोस्रो हुँदै ७ हजार ५ सय र उचिडहवा स्वावलम्बन समुह र तितेपाती सहकारी संस्था तेस्रो हुँदै ५ हजार प्रमाणपत्रबाट पुरस्कृत भए। यसैगरि समावेशी टोल बिकास संस्था र मिलन टोल विकास संस्था सान्त्वना भए।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.