बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलामा २ दिनमा ३ लाख भन्दा बढी दर्शकले

 

व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलामा २ दिनमा ३ लाख भन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

मेला सञ्चालन भएको १० औं र ११ औं दिनमा सार्वजनिक विदा परेका कारण मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु आएका थिए । प्रदर्शनी स्थल बुटवल मण्डपको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रको क्षेत्र अवलोकन कर्ताहरुले भरिभराउ भएको थियो । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज प्रवेश र निकास र प्रवेशद्वारहरु पनि थप गरिएको थियो ।
मेला सचिवालयका अनुसार प्रदर्शनी स्थलमा २ दिनमा करिव ३ लाख दर्शकहरु अवलोकनका लागि आएको अनुमान गरिएको छ । सार्वजनिक विदा परेका कारण मेला हेर्न स्कूलमा अध्ययन गर्ने विद्यार्थी तथा अभिभावहरु तथा कार्यालयहरुमा काम गर्ने दर्शकहरुसंगै महिलाहरुको अत्याधिक आएको थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.